शैक्षिक उपलब्धि किन? शिक्षक:.डी.आर भण्डारी

दाङ । शिक्षा क्षेत्रमा सरकारी तथा गैर सरकारी क्षेत्रबाट बार्षिक खर्बाै रुपियाँ खर्च भईरहेकाे अबस्था छ।त्याे लगानिबाट हासिल भएकाे प्रतिफल र गुणात्मक्ताका बिषयमा सधै नकारात्मक टीका टिप्पनी मात्र हुने गरेका छन्।हामीले अघिल्लाे बर्ष हासिल गरेकाे शैक्षिक उपलब्धिमा याे बर्ष यति प्रतिशतले वृद्धि गर्याै भन्न सकिरहेका छैनाै।अथवा १० बर्ष अगाडिभन्दा १० बर्ष पछाडिका अहिलेका बिद्यार्थीहरुलाई हाम्राे बिद्यालय प्रणालिले यति प्रतिशत राम्राे सिकाउछ भन्ने आधार खडा हुन सकेकाे छैन।

हाम्राे बिद्यालय प्रणालिले कलिला बाल बालिकाहरुलाई फेल र पासकाे त्रासदिपुर्ण मनाेबिज्ञान सिर्जना गरेकाे छ।सामाजिक अन्यायकाे बिजाराेपन बिद्यालयबाट भएकाे छ।अाकर्षक,शारीरिक,मानसिक र संबेगात्मक रुपमा संबेदनशिल वातावरण बिद्यालयले प्रदान गर्न नसकेपछि बिद्यालयबाट बाल बालिकाहरुले के सिक्ने?बर्ष दिन वा बिद्यालय जीवन गुजारिसकेकाे विद्यार्थी बर्षकाे अन्तमा वा बिद्यालय तहकाे अन्तमा निर्बाद कक्षा चढ्न पाउने वा तह पार गर्ने उसकाे अधिकार हाे हाेईन?निश्चय नै उसकाे अधिकार हाे।यदि उसकाे अधिकार कुण्ठित र हनन् हुन्छ भने त्यसकाे दाेषि काे हुने?बाल बालिकाले त्यकाे क्षतिपुर्ति पाउन सक्छन्?यी प्रश्नहरुकाे जबाफ शिक्षा प्रणालि र समग्र राज्यले दिनुपर्दछ।

हाम्राे प्रणालिले बिद्यार्थिलाई मात्र असफल बनायाे।प्रणालि आफै असफल र असक्षम किन भयाे भनी कम मात्र खाेजि भएकाे छ।विद्यार्थी असफल हुँदै गर्दा शिक्षकहरु सधै सफल रहे।विद्यार्थी असफल भएका कारण काेहि शिक्षक बढुवाबाट बन्चित भएकाे अबस्था छैन।हामीले नै बर्ष दिनभर बालबालिका असफल हुदा शिक्षक सफल कि असफल भनेर खाेजेनाै।शिक्षककाे बार्षिक कार्य सम्पादनकाे खाेजि गरेनाै।शिक्षकले बर्ष दिनभर पढाएकाे आफ्नाे बिषयमा कति अङ्क हासिल गर्याे भनेर खाजेनाै।हाम्राे प्रणालिकाे कमजाेरी यहाँबाट सुरु भएकाे छ।निरन्तर रुपमा आफ्नाे बिषयमा उत्तिर्णाङ्क हासिल गर्न नसक्ने शिक्षकलाई पनि हाम्राे प्रणालिले प्राेत्साहन गरेकाे छ।

हाम्राे परीक्षा प्रणालि काे स्तरीयता र बिश्वसनियता उपलब्धिसंगै जाेडियर आउछ।उपलब्धिका अाधारमा प्राेत्साहन र पुरस्कार प्रणालि जाेडिने भयपछि सबै बिद्यालयमा समान स्तर र समान मर्यादामा मुल्याङ्कन तथा परीक्षा ब्यबस्थित गर्नुपर्ने हुन्छ।बिगतमा मुल्याङ्कन तथा परीक्षालाई मर्यादित र ब्यबस्थित गर्न नसक्दा विद्यार्थी,शिक्षक र अभिभाबक काे त्रिपक्षीय सम्बन्ध खस्केकाे छ,जस्ले गर्दा माया,सम्मान र मर्यादा हराउदै गयकाे अबस्था छ।तसर्थ शैक्षिक प्रणालिकाे साख पुनर्जीबित गर्नका लागि मुल्याङ्कन र परीक्षा ब्यबस्थित गर्नुपर्दछ जसका कारण शैक्षिक उपलब्धि गुणात्मक प्रदर्शन गर्ने र मुल्याङ्कन काे ठाेस धार बन्न सकाेस।

शैक्षिक उपलब्धि यकिन भयपछि यसकाे तुलना र विश्लेषण सुरु हुन्छ।शिक्षकले आफ्नाे अध्यापन शैलिमा सुधार गरि विद्यार्थी सिकाईलाई कसरी उच्च बनाउने याेजना गर्दछ।माथिल्लाे शिक्षक वा सुपरीबेक्षकबाट आबश्यक सहयाेगकाे खाेजि र माग गर्ने तथा आबश्यक तालिमकाे खाेजि गर्ने अभ्यास स्थापित हुन्छ।बिद्यालयले आफ्नाे शिक्षकहरुकाे अबस्था विश्लेषण गरि बिद्यालय सुधार याेजना साेहिअनुरुप तयार गर्दछ र बिद्यालयकाे आबश्यक कार्यक्रम का लागि सरकारी एबम् गैरसरकारी सहयाेगकाे खाेजि गर्दछ।अभिभाबकहरु उपलब्धिकाे अबस्थाका आधारमा सम्भाब्य ठाउमा राम्राे बिद्यालयकाे खाेजि गर्ने अबस्था सृजना हुन्छ।

शिक्षक,बिद्यालय र अभिभाबक का लागि मात्र नभयर शैक्षिक उपलब्धि सिङ्गाे शैक्षिक प्रणालि सुधारकाे आधार हो।यसका आधारमा पाठ्यक्रमकाे सान्दर्भिकताकाे खाेजि हुन्छ।मुल्याङ्कन प्रणालिकाे विश्लेषण हुन्छ।कार्यरत जनशक्तिकाे याेग्यता र क्षमताकाे विश्लेषण हुन्छ।बिद्यालयका लागि स्थापित सहायता प्रणालिकाे पुनराबलाेकन हुन्छ।बिद्यालयमा पुग्नुपर्ने न्युनतम सक्षमताका अबस्थाकाे विश्लेषण हुन्छ।प्रतिबिद्यार्थि लागतकाे विश्लेषण हुन्छ र समग्र शैक्षिक एबम् बजेटका बिषयमा बहस हुन्छ।।

प्रतिक्रिया दिनुहोस