असोज १ देखि रौतहट खुल्दै

रौतहट । विगत लामो समयदेखि कोरोना भाइरसको संक्रमणको कारण रौतहटमा जारी रहेको निषेधज्ञा असोज १ गते देखि पूर्ण रुपमा हटाइएको छ । कोरोना भाइरसको संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ़ी हुदै गए पछि रौतहटमा गएको साउन २४ गते देखि लगाइएको निषेधज्ञा समाप्त भएको छ । भदौ मसान्त सम्म जारी गरिएको निषेधज्ञा असोज १ गतेबाट परिमार्जन गरिएको जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ ।
बंद रहेका सरकारी गैर सरकारी कार्यालयहरु १ गते देखि खुला गरिएको जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ । सवै सरकारी कार्यालय तथा गैर सहकारी संघ सस्था , सवै किसिमका पसल व्यवसायहरु ,बैंक तथा वित्तीय सस्था ,उद्योग ,व्यसायहरु १ गते बाट पूर्ण रुपमा सेवा प्रवाह गर्ने भएको छ । जिल्ला भित्रमा चलने निजी तथा सार्वजानिक यात्रु बाहक सवारी साधन संचालनको लागि छूट गरिएको छ ।
रौतहट जिल्लामा अहिले सम्म १ हजार ६ सय ६३ जना संक्रमित भएको छन भने निको हुनेको संख्या १ हजार १५ सय ६३ रहेको जिल्ला जिल्ला प्रसाशन कार्यालयले जारी गरेको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
५ जनाको कोभीड़ १९ को कारण मृत्यु भएको छ । १ सय बेडको क्वारेंटाइन बनाएकोमा बस्नेको संख्या शून्य रहेको छन । पोजेटिव रिपोर्ट आएका १२५ जना मध्ये अधिकांश होम आइसोलेशन र न्यून संख्या मा निर्माण गरिएको आइसोलेशन बार्डमा बसेका छन ।
सदरमुकाम गौर ,गरुडा , चन्द्रनिगाहपुर , कटहरिया , बंकुल , समनपुर , संतपुर लगायतका बाजारहरु पसलहरु सञ्चालनमा आए लगतै जिल्लाको अवस्था सामान्य बनेको हो । लामो दूरिको सवारी साधन बंद र सरकारी कार्यालयहरु बन्द रहेको कारण सदरमुकाम गौरमा सेवग्राही हरुको उपस्थतिमा कमी आएको देखिएको छ ।
चीनबाट विश्वभरीमा महामारीको रुपमा फैलिएको कोभीड़ १९ ले भएको बन्दाबंदीले आक्रांत भएको जनजीवन विस्तारै सहज बन्दै गएका छन । नेपाल भारत सिमा सील भएकोले मिहनत मजदूरी गरी जीविका चलाउनेहरुलाइ आर्थिक समस्या उत्पन्न भएको छ । गएको चैत्र महीना देखि बंद रहेको नेपाल भारत सिमा खुलाउनु पर्ने स्थानियहरुको मांग रहेको छ ! स्रोत संगम खबर

प्रतिक्रिया दिनुहोस