करार भर्ती र यस्को विद्यार्थी दीर्घकालीन असर – शितल के.सि.

काठमाडौँ । करार लोकसेवा भन्ना बित्तिकै निष्पक्ष रुपमा निश्चित समयका लागि दरबन्दी भयका कार्यलयमा कर्मचारी अभाव पछि उत्पन्न समस्या र काममा हुने ढिला सुस्ति अनत्य गर्ने उद्देशले निश्चित मापदण्ड र कार्यविधि अनुरुप लिइने भर्ना प्रक्रिया हो। तर दुर्भाग्य अहिले स्थानीय तह र प्रदेश सरकारले लिने करार प्रक्रिया निष्पक्ष नभै कार्यकर्ता र आफन्ती भर्ति गर्ने माध्यम भयको छ।

उच्च स्तरीय सांसदिय समितिले करार भर्ना नलिन भनेर निर्देशन गरिरहेको अबस्थामा स्थानीय तह र प्रदेश सरकारले आफ्नो खुसी भर्ना प्रक्रिया अगाडि बढाईराखेका छन।यस्ले गरिबका छोराछोरी ,पहुछ बाट टाढा रहेका,मिहिनेती र नेताको झोला नबोकेका विद्यार्थीको जिबनमा गम्भीर असर परेकोछ। सरकारी जागिर खाने उद्देश्यले निरन्तर तयारीमा लागेका विद्यार्थी करार भर्ति प्रक्रियाले अन्योलमा परेका छन।

आमाबाबुले आफुले खाइनखाई छोराछोरीलाई पढ्न सहर पठायका छोराछोरी दसै तिहार नजिकि नै लाग्दा रित्तो हात मल्लिन अनुहार सहित निशब्द रुपमा घरमा फर्किन थालेको छन ।करार भर्ना खुल्छ अनि गरिब परिवार का सोझा साझा विद्यार्थीहरु फार्म भर्ना जान्छन अनि फार्म भर्ने शुल्क,आउने जाने खर्च गर्छन अनि अन्तिममा विभिन्न बहानामा रित्तो हात फर्काइदिन्छन।कहि लेखित नम्बर पुगेन,कतै मौखिक भयन अनि झन कतै त झन अनुभव पत्रको नाममा आफ्नो मान्छे भर्ती गर्ने बहना झिकेकाछन जहाँ कि गरिबका छोराछोरीले एक ठाँउमा पनि काम गर्ने अबसर पायका छैनन अनि कसरी अनुभवको पत्र देखाउन सक्छन।

यस्ले धेरै विद्यार्थी जिबनमा नयाँ मोड ल्याइदियको छ ।उनिहरु पढाई छोडेर राजनीति गर्छु भन्दै नेताको गुलामी गर्न बाध्य हुने अबस्था सिर्जना भयको छ।जस्ले शिक्षा प्रणाली नै धरापमा पर्ने अबस्था सिर्जना भयको छ।

उनै नेताले भर्ती गर्दियका कर्मचारीले उनै नेताले भने बमोजिम कै ब्यक्तिगत स्वार्थमा काम गर्दिनले सम्पुर्ण सरकारि संयन्त्रमा नै गम्भीर असर पर्ने अवस्था सिर्जना भयको छ।त्यसैले सबैले समय मै गम्भीरताका साथ सोचेर करार भर्तिलाई बन्द गरि लोकसेवा मार्फत कर्मचारी भर्ना गरि आफ्नो गल्ती सच्याउन आबस्यक छ र सच्याउनु पनि पर्दछ।जस्ले शिक्षा प्रणालीमा आमूल परिवर्तन गरेर क्षमतावान कर्मचारी सरकारि संयन्त्रमा ल्याउनु पर्दछ जुन राष्ट्र कै हितमा हुनेछ।

प्रतिक्रिया दिनुहोस