तुलसीपुरमा थप २२ जनामा कोरोना पोजेटिभ पुष्टि

दाङ । तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न क्षेत्रमा थप २२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको ८९ जनाको स्वाब परिक्षणका क्रममा २२ जनाको पोजेटिभ आएको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।

कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका र स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
फोकल पर्सन केसीले विभिन्न कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका, समुदायस्तरका र स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको पनि जानकारी गराउनुभयो । दाङमा कोरोना संक्रमितको संख्या ८ सय ७३ जना पुगेको छ ।

योसँगै तुलसीपुर उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ४१ जना पुगेको छ । जस मध्य ८७ जना उपचारपछि डिस्चार्ज भैसकेका छन ।

प्रतिक्रिया दिनुहोस