‘ उस्कै थियो ‘

मन्दिर उस्कै थियो परिसर उस्कै थियो।
हिजो छोड्छ कि भन्ने डर उस्कै थियो ।
टाढा त जानू रैछ नि आज उसलाई नै।
मेरो परिवार संग नजिकिने रहर उस्कै थियो ।

नशामा मातिएको म हु तर जहर उस्कै थियो ।
सधै साथमै हुनुहै भन्ने हिजो कहरउस्कै थियो ।
एक्लो छु म कोहि छैन यो मन बुझिदिने।
म एक्लो थिए तर दुनियाँकोलहर उस्कै थियो ।

सन्सारमा एक मात्र धेरै धेरै भर उस्कै थियो ।
टाढैबाट सुगन्धआउने बास्ना हरहर उस्कैथियो ।
सम्बन्ध तोडिएको छ त्यो पनि उ बाटै नै ।
भिडभडमानि एकान्तलाग्छ किनकिशहर उस्कैथियो ।

प्रतिक्रिया दिनुहोस