जीवन भनेको एउटा फुलिरहेको फुल जस्तै हो : रेउले

काठमाडौँ । चियामा डुबिरहेको बिस्कुट देखेर एउटा कुरा सिके बुझेको ,कुनै पनि कुरामा हद भन्दा बढी डुब्नु र सोच्नु हुदैन नत्र आफै टुट्नु पर्छ।

मेरो अहिले सम्मको अनुभव र बिचारमा ।
कतिपयले जीवनलाई एउटा संघर्षको गोरेटो मानेका छन् भने कतिले जीवनलाई मोजमस्तीको रुपमा लिएका छन् । हो वास्तवमा भन्ने हो भने जीवन भनेको आआफ्नो तरिकाले कसरी जीवन यापन गर्नेमा भर पर्छ ।

कतिको जीवन सुखमय हुन्छ भने कतिको दुस्खमय हुन्छ । मलाई लाग्छ जीवन भनेको एउटा फुलिरहेको फुल जस्तै हो । जसरी फुल फुलीरहँदा त्यसको बासना मिठो हुन्छ । त्यस्तैगरी जीवनको पनि त्यतिकै महत्व हुन्छ ।

जसरी कुनै फुल फुलिरहदा फुलको सुवास आउनुका साथै पातहरु पनि हरियो देखिन्छ । भनिन्छ नि हुने बिरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात । मानिसको जीवन पनि त्यस्तै हो

त्यसैले जीवन भनको जसले जसरी यापन गरेको छ त्यहि नै जीवन हो ।

(मेरो विचारमा जीवन चुनौति हो, जीवन वियोगान्त हो ।)

प्रतिक्रिया दिनुहोस