दाङमा मार्क्सवादी युवाहरुको फोरुम गठन

दाङ/ तुलसीपुर। दाङको तुलसीपुरमा आज एक कार्यक्रमका बिच मार्क्सवादी युवाहरुको फोरुम गठन गरिएको छ ।

मार्क्सवाद अध्ययनमा चासो र जिज्ञासा राख्ने दाङका युवा विधार्थीद्वारा आयोजीत उक्त कार्यक्रमले “स्कुल अप म्याक्सीजम” अन्तर्गत पर्ने “इन्टिच्युट अफ क्रीटिकल डाईलग” (आईसिडी) गठन भएको हो ।

कार्यक्रममा नेकपाका बिभिन्न शिर्ष नेता तथा युवा कार्यकर्ताको सहभागीता रहेको थियो । अहिले बिश्वव्यापीरुपमा फैकिएको कोभिडको सन्दर्भमा कसरी जोगिन सकिन्छ भन्ने बारे पनि छलफल भएको थियो ।

आजको छलफलले मार्क्सवादलाई जिवन्त कसरी बनाउने सकिन्छ? भन्ने सन्दर्भमा एक कार्यसमितील बनाएको छ ।
जस्को अध्यक्ष मा घनश्याम न्युपाने,उपाध्यक्षमा इन्द्र बहादुर खड्का,उपाध्यक्षमा गिर बहादुर महर,सचिवमा प्रकाश शर्मा,उपसचिवमा रबिन्द्र बिबस डागि,कोषाध्यक्षमा सिमा नेपालीलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा डि आर भन्डारी,सि एम बिश्वकर्मा,रविन वलि,गोबिन्द मल्ल,सुशील परियार,रितेश चौधरी ,मोहन भुसाल,बिरोध के सि,माया चौधरी,सुसिला घर्ती,यम प्रसाद पान्डे,अन्जु खड्का घर्ती,दिप श्रेष्ठ,हिरालाल वलि जनार्दन,कमल कडेल लगायतका रहेका छन् ।

मार्क्सवादी युवाहरुको फोरुमको सहल्लाहकारहरुमा नेकपाका शिर्ष नेताहरु जग प्रसाद शर्मा अपार,जीवन गौतम,मेट्मणी चौधरी,टिकाराम खडका,जोग बहादुर राणा रहनु भएको नेपालयन खबरलाई बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस