सर्वोच्चले कंगनाको घर भत्काउन बीएमसीलाई रोक लगायो

मुम्बई । बम्बे सर्वोच्च अदालतले बुधबार कंगना रनौटको बान्द्रास्थित बंगला तोडफोड गर्न रोक लगाएको छ । अदालतले बीएमसीको सो कार्य निकै दुखद भएको पनि बताएको छ ।

यसअघि बीएमसीले कंगनाको कार्यालय अवैध निर्माणको कारण देखाएर तोडफोड गरेको थियो । बीएमसीले बिहीबार दिउँसोको ३ बजेसम्म सर्वोच्चलाई आफूले कंगनाको कार्यालय तोडफोड गरेकोबारे स्पष्टीकरण दिनुपर्ने बताइएको छ ।

सर्वोच्चले कंगनाको कार्यालय एक रातमै अवैध रुपमा निर्माण नभएको भन्दै कंगनाले लिखित रुपमा एक साताको समय  माग्दा पनि नदिएको कार्य सही नभएको दाबी गरेको छ ।

सर्वोच्चले भनेको छ, “हामी सहयोग गर्न सक्दैनौं तर यहाँ भन्‍न चाहन्छौं कि यदि एमसीजीएमले सहरमा यसरी एक द्रुत गतिमा अवैध निर्माण गरेको भए यो सहर कुनै अलग नै ठाउँ हुने थियो ।” बीएमसीले कंगनाको कार्यालय तोडफोड गर्दा कंगना मुम्बईमा थिइनन् । यद्यपि उनी तोडफोडपछि मुम्बई पुगिसकेकी छिन् । भने हाल उनी मुम्बईमै छिन् ।

स्रोत : नबभारत टाईम्स

प्रतिक्रिया दिनुहोस