मेरो जिन्दगीमा भेटेका मान्छे र मेरो मनमा खेल्ने कुराहरु – संगीत सुमन

काठमाडौँ । कोहि भट्टिमा भेटिए, त कोहि बजारमा भेटीए , कोहि मैले काम गर्ने कार्यालयमा भेटिए , कोहि म घुमघाम गर्दा भेटिए , कोहि सगै गाडिमा यात्रा गर्दा भेटिए , कोहि घाँस दाउरा गर्दा भेटिए त कोहि गोठालो जादा भेटिए कसैको कुरा सुन्छु कसैले केही भन्छ कसैले केही भन्छ अनि जिन्दगीको गोरेटो मा अहिले सम्म म आउदा विभिन्न किसिम का मान्छेहरु पनि भेटे कोहि घमण्डले भरिएका मान्छेहरु पनि भेटे ,कोहि मेरो मन मिल्ने मान्छे पनि भेटे, कोहि मलाई सल्लाह सुझाव दिने पनि भेटे।

कोहि त झन पैसाले मातिएका मान्छेहरु नि देखे , अझै भनौ त मैले कोहि त्यस्ता मान्छे नि देखे कि अहिले सम्म एकजोर चप्पल नि नभएका मान्छे नि देखे अनि भेटे पनि , कोहि यस्तो मान्छे नि भेटे कि एकछाक खाना नपाएर अरुको जुठो भाडा माझ्ने अनि कसैको कपडा धोएर दिउँसो भरी राती एकछाक खाना मात्रै दिएनी पुग्छ भन्ने मान्छे नि भेटे कति त झन आमाबाबु नभएर नि आफ्नो त्यो सानो भाइ बहिनिलाई ठूलो मान्छे बनाउछु तर म सग पैसा छैन कसरी पढाउनु मेरो भाइ बहिनिलाई मैले त पढ्न पाएन यिनिहरुलाई कसरी पढाउनु बाबा आमा भएको भए नि मलाई यस्तो हुने थिएन होला भन्ने अनि मनका कुरा मनभित्रै खेलाउने मान्छे नि भेटे ।

कति दिउँसो भरी खोलामा गिट्टी बालुवा चालेर घरपरिवार चलाउने मान्छे नि भेटे अझै कसैको खुट्टा,कसैको हात , कसैको त झन शरीर नै नचल्ने मान्छे हरुनी भेटे , कति त झन आफ्नै बाबा आमा सग यो चाहियो उ चाहियो जसरी भएनी चाहियो मैले भनेको चिज भएन भने कि त मर्छु कि त घर छोड्छु भन्ने मान्छेहरुनी भेटे ।

मायाको कुरा गर्दा त झन त्यो केटि या केटा भएन भने म अरु सग त बिहे नै गर्दैन यत्तिकै नै बस्छु नत्र भने तपाईहरुलाई मन पर्दैन भने म बरु घर छोड्छु तर उस्लाई छाड्दिन भन्ने मान्छे अनि मेरै आफ्ना साथिहरुनी भेटे यस्तै यस्तै धेरै भेटे तर यि सबै मान्छेहरु भेट्दा मेरो मनभरी कुरा खेल्छन र अरु केही सोच्दिन आफू आफैमा हराउछु कतिखेर म पनि अलिकती पैसा जम्मा गरेर बाबा आमालाई राम्रो घरमा बसाल्न सकु अनि खुसिका साथ जिन्दगी भरी संगै हुन पाउ अझ अर्को कुरा त सबैको घरमा देख्छु सासू बुहारी को झगडा अनि लाग्छ मेरो पनि यस्तै झगडा गर्ने जीवन साथी भए के गर्ने होला बाबा आमाले के भन्नुहुन्छ होला ।

जसरी मलाई यो धर्तिमा पाईला टेकाउने भगवान रुपि बाबा आमा लाई खुसी पार्न सकिन भने त म छोरो हुनुको पनि के नै काम छ र झै लाग्छ । अझ कति ठाउमा त झन भाइ-भाईको झगडा भएको नि देख्छु अनि सोच्छु मेरो पनि भाइ छ मेरो पनि त्यस्तै झगडा भए के हुन्छ होला मन भरी यिनी कुराहरु खेलिरहेका हुन्छन ………………

यस्तै यस्तै देखेको कुराहरुले गर्दा नै मनमा अनेक अनेक कुराहरु खेलिरहेका हुन्छन र अहिलेपनी खेलिरहेका छन मनमा कुराहरु जहाँ म अरुभन्दा फरक ब्यक्ति छु ।

जहाँ जसरी भेटिन्छ म त्यहा त्यसरी नै भेटिन्छु ,जो जसरी बोल्छ म पनि त्यसरी नै बोलिरहेको हुन्छु , जो जसरी हास्छ म पनि त्यसरी नै हासिरहेको हुन्छु , जो जसरी यात्रा गर्छ म पनि त्यसरी नै यात्रा गरिरहेको छु , यो हैन कि म कहिले पनि रुदैन जो साना तिना कुराहरुमा मन दुख्दा रुन्छन म पनि त्यसरी नै रुने गर्छु ।

प्रतिक्रिया दिनुहोस