१९ नम्बर बाहीनी तुलसीपुर कोरोनामुक्त

तुलसीपुर । नेपाली सेनाको १९ नम्बर बाहीनी तुलसीपुर अहिले कोरोनामुक्त भएको छ । ९ जना संक्रमित डिस्चार्ज भएसंगै बाहिनीका ३० जना संक्रमित सबै कोरोना मुक्त भएको १९ नम्बर बाहीनीले जनाएको छ ।

साउन १८ गते प्युठानबाट आएका एक जवानमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा आएकाको परिक्षण गर्दा साउन २७ गते २९ जनामा कोरोन संक्रमण देखिएको हो ।

संक्रमित मध्ये २१ जना भदौ ९ गते रिर्पोट नेगेटीभ आएर डिस्चार्ज भएका थिए भने बाँकी ९ जनाको कोरोनाको कुनै लक्षण नदेखिएपछि १४ दिन आइसोलेसन र १४ दिन क्वारेन्टाइनमा बसेर डिस्चार्ज भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस