८६ हजार नगद सहित ६ जुवाडे पक्राउ

प्युठान । प्रदेश नं ५ को प्युठानमा जुवा खेलीरहेको अवस्थामा ८६ हजार नगद सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ८६ हजार ५ सय रुपैयाँ, ३ गड्डी तास बरामद गेरको छ । उनीहरु प्रकाउ गरि कारबाही प्रकृया अघि बढाएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राज कुमार वैदवारले जानकारी दिनुभयो ।

गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले एक होटलमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस