तुलसीपुरमा ६० जानको स्वाव लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ

दाङ । तुलसीपुर क्षेत्रमा पनि कोरोनको संक्रमण समुदाय स्तरमा प्रवेश गरिसकेको हुदा धमाधम पिसीआर प्ररिक्षणलाई तिब्रता दिईएको छ ।

भदौ २२ गते तुलसीपुरका बिभिन्न स्थानहरुबाट ६० जनाकोे स्वाबको नमुना लिएकोमा सबैको रिपोर्ट नेगेटीभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएका बिभिन्न स्थान र उनीहरुको कन्ट्याक ट्रेसिङ, भारत बाट आएका वडा नं ११का कृयापुत्रि,तुलसीपुर उपमहानगरपालीका ०२ मा.बि. बालापुरको क्वारिन्टीनमा रहेका व्यक्तिहरुको स्वाव परिक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको तुलसीपुर उपमहानगरपालिका कोभिड फोकल पर्सन बिमल के.सी.ले जानकारी दिनुभयो ।

अहिले तुलसीपुरमा बिरामीको संख्या ११९ रहेकोमा ८५ जना निको भैसकेका छन् भने ३४ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

दाङमा हालसम्म ८४३ जना संक्रमित भेटिएका मध्य ७२७ जना निको भैसकेका छन् भने ११८ जना सक्रिय संक्रमित उपचाररत रहेकाछन् । कोरोनाबाट दाङमा ज्यान गुमाउनेको संख्या २ रहेको छ ।

अहिले घोराहीमा ६२, तुलसीपुरमा ३४, राप्तीमा ७, शान्तिनगरमा ४, गढवामा ३, राजपुरमा २ , लमही र दंगिशरणमा १÷१ जना सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म बंगलाचुली र बबई गाउँपालिका संक्रमण मुक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस