प्रेमगीत -३ का लेखक छेतेन गुरूङको निधन

काठमाडौं :- नोभेम्बर रेनु, क्लासिकु, डमरूको डण्डिवियोु तथा प्रेमगीत ३ का लेखक छेतेन गुरूङको निधन भएको छ। पछिल्लो समय प्रेमगीत३ मा लेखनसँगै निर्माता सन्तोष सेनसँग संयूक्त रूपमा सिनेमा निर्देशन गरेका गुरूङको आज बिहान निधन भएको हो।

प्रेमगीत ३का कार्यकारी निर्माता चक्रबहादुर चन्दले गुरूङको उपचारका क्रममा महारागंजस्थित मेट्रो हस्पिटलमा निधन भएको हो। मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको स्वास्थ्यस्थितिमा समस्या देखिएपछि सोमबार निर्माता सन्तोष सेन र आफूले सोमबार उनलाई अस्पताल लगेको चन्दले जानाकारी दिए।

चन्दका अनुसार उनकी आमा र एक छोरी छन् भने श्रीमतीको केही वर्ष पहिला नै निधन भइसकेको छ। छेतेन लिखित तथा निर्देशित प्रेम गीत ३ रिलिज हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस