मलेसियमा एक नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौँ :-  मलेसियाको उच्च अदालतले मलेसियन नागरिकको हत्यामा दोषी ठहर गर्दै गोविन्दपुर, धनुषाका ३६ वर्षीय सुरजदेव शाह तेलीलाई मृत्युदण्ड दिने फैसला गरेको छ ।

तेलीले मलेसियाको कम्पुङस्थित मुतियार बाटु–१० का ३४ वर्षीय आर. हारिधासलाई घरमै हत्या गरेको ठहर गर्दै उच्च अदालतले अगस्ट १७ तारिखमा मृत्युदण्डको फैसला गरेको हो । नेपाली दूतावासले भने तेलीको जीवन रक्षाको लागि पुत्राजयस्थित पुनरावेदन अदालतलमा पुनरावेदन गरिसकेको छ ।
हारिधासको २ डिसेम्बर २०१६ को बिहान साढे २ बजे हत्या भएको थियो । उनी लरी ट्रकका डाइभर थिए । तेली हारिधासकी श्रीमतीका प्रेमी थिए । प्रहरीले श्रीमतीलाई नै हत्याको साक्षीको रुपमा अदालतमा पेस गरेका थिए ।

सन् २००६ मा मलेसिया पुगेका तेली ओयल पाम फ्याक्ट्रीमा सामान्य श्रमिकको रुपमा काम गर्थे । तेली मलेसिया भाषामा दख्खल राख्छन् ।

मलेसियामा यसअघि पनि विभिन्न मितिमा ६ जना नेपालीलाई मृत्युदण्डको फैसला सुनाइसकेको छ । जसमा दोलखाका कुमार तामाङ, सुरजकुमार सुनार, उदयपुरका कमल तामाङ, पंकज लिम्बु, सप्तरीका राजकुमार शाह र सुनसरीका सुजन दाहाललाई मृत्युदण्डको फैसला सुनाएको थियो । उनीहरुको जीवन प्रतिरक्षाको लागि नेपाली दूतावासले पुनरावेदन अदालतमा पुनरावेदन गरेको छ । स्रोत कान्तिपु

प्रतिक्रिया दिनुहोस