श्रम बिदेशमा सहयोग स्वदेशमा : समाजसेवी शाह

काठमाडौं :- कोरोना कहर बीच युवाहरुले जनस्तरबाट चन्दा संकलन गरेर महोत्तरीको बर्दिबास नगरपालिका ९, स्थित राट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा जन सहयोगि युवा सन्जाल द्वारा निर्माण भईरहेको “बालउधान” परियोजनामा साउदीअरबबाट आर्थिक सहयोग गरेका छन।

मान्छे आफ्नो हजारौं सपना पुरा गर्नको लागी स्वदेशमा सम्भब नभएपछि बिदेशिने गर्दछ। आफ्नो घर परिवार,समाज र राष्ट्रको लागि केहि गर्नु पर्छ भन्ने सपना बोकेका युवा आफनै गाउँघरमा बन्न लागेको बालउधान परियोजना बिभिन्न सामाजिक संजाल मार्फत थाहा पाएर आफ्नो पशिनाले कमाएको सानो अशं लगानी गर्नु पर्छ र हाम्रो भोलिका सन्ततिहरुको उज्वल्ल भबिष्यका लागी सहयोग गर्नुपर्छ भन्ने भावना जागेर सहयोग गरेका हुन।

जनसहयोगी युवा सञ्जाल बर्दिबासले निर्माण गर्न लागेका बालउधानमा साउदिअरबमा Expertise contracting company मा श्रम गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिका १३ बस्ने रमेश साह ५ हजार ०५ रुपैया सञ्जाललाई सहयोग गरेका हुन।

साहले थपे विद्यालय रुपान्तरणका लागि रातदिन नभनि सञ्जाल आवद्घ युवाहरु सहयोग गरेको देखेर त्यो परियोजना सफल पार्ने मेरो पनि दायित्व हो भन्ने बोध भएर सहयोग गरेको हु। साथसाथै उनले थपे शिक्षित व्यक्ति र जनशक्तिको पूर्ण परिचालनबाट मात्र कुनै पनि राष्ट्र र समाजको उन्नति प्रगति सम्भव हुने भएकोले विद्यालय निर्माणमा लाग्न जरुरी छ ।’

५० लाखको लागतमा विद्यालयमा बाल उधान निर्माण भईरहेको सञ्जालका कोषाअध्यक्ष ज्ञानेन्द्र महतोले बताए । उनले सहयोगी हातहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस