दाङमा लकडाउन स्वरुपमा परिवर्तन

दाङ । दाङमा लकडाउन स्वरुपमा परिवर्तन गरिएको छ। गत भदौ १५ गतेबाट लागू गरिएको लकडाउन आज आईतवार मध्यरातबाट सकिदैछ । एक हप्ता पुर्ण रुपमा लागु गरिएको लकडाउन अब अलि खुुुुकुलो हुनेेेछ । बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालयमा जारी जिल्ला संकट व्यवस्थापन समितिको बैठकले त्यस्तो निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुुुभयो ।उहाँका अनुसार मध्यान्ह १२ बजेपछि भने फेरि नियमित रूपमा लकडाउन हुने छ ।बिहान ६ घन्टा खोल्दा बैंक तथा वित्तीय संस्था पनि मर्कामा नपर्ने उहाले तर्क गर्नुभयो ।

एक हप्ता अगाडि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतवार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।दाङमा शनिबार बेलुकासम्म कोरोना भाइरिस संक्रमितको संख्या ९९२ पुगेको छ।

त्यसमध्ये ८५७ जना निको भएर घर फर्किएका छन् भने १३३ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट अहिलेसम्म दाङमा २ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस