अभिनेत्री रागिनी पक्राउ

बैंगलोर। लागूऔषधको केसमा केन्द्रीय अपराध शाखाले दक्षिण भारतीय अभिनेत्री रागिनी द्विवेदीलाई पक्राउ गरेको छ । यसअघि सीसीबीले उाको घरमा छापा मारेको थियो । पुलिस सूत्रका अनुसार पुलिसको एक टिम बिहान ६ बजे रागिनीको घर पुगेको थियो । सीसीबीले बुधबार उनलाई नोटिस जारी गरेर उपस्थित हुन निर्देशन दिएको थियो तर रागिनीले वकिलको एक टिम पठाएर सोमबारसम्म समय मागेकी थिइन् ।

वकिलको टिम पठाएपछि पुलिसले उनलाई शुक्रबार अधिकारीको अगाडि पेश हुन निर्देशन दिएको थियो । लगत्तै पुलिसले उनलाई हिरासतमा लिएको हो । उनलाई आजै अधिकारीसमक्ष पेश गरिनेछ । पुलिसले कन्नड फिल्म उद्योगका कलाकारहरुलाई लागूऔषध आपूर्ति गरेको अभियोगमा अन्य ३ जनालाई पनि पक्राउ गरेको छ । कन्नड फिल्मका १५ जना लागूऔषसम्बन्धि केसमा मुछिएका छन् ।

स्रोत:डिसी नेपाल

प्रतिक्रिया दिनुहोस