बाँस्कोटाको ७० करोड घुसको अडियो सार्वजनिक गर्ने मिश्र भन्छन्ः म भागेको छैन, जापानबाट आउँदैछु

काठमाडौं :- तत्कालिन सञ्चारमनत्री गोकुल बाँस्कोटाको ७० करोड घुसको अडियाृे सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले आफू उक्त मुद्धाबाट नभागेको दाबी गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ्ग प्रेस प्रकरणमा बाँस्कोटाले ७० करोड घुस मागेको अडियो बाहिरिएको थियो । उनले सोही प्रकरणमा पदबाट राजीनामा दिनु परेको थियो ।

उनले केही सञ्चचारमाध्यममा अडियो सार्वजनिक गरेर मिश्र मुद्धा कमजोर पार्न भागेको भन्ने समाचार बाहिरिएपछि त्यसको खण्डन गरेका हुन् ।

‘पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारलाई बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा डिभाइस लिन म जापान आएको हुँ । मेरो नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भन्ने समाचार सम्प्रेषण गर्नु भनेको आफूले गरेको पत्रकारितामाथि विश्वास नगर्नु हो । अझ यसलाई भन्नु पर्दा जुन थालमा खायो त्यही थालमा छेदन गर्नु हो ’, उनले विज्ञप्तिमा भनेका छन् ।

त्यस्तै उनले कुनै पनि व्यक्ति भ्रष्टचार गर्ने व्यक्ति कानुनबाट उम्किन नसक्ने बताएका छन् ।

‘कुनै पनि राजनीतिक व्यक्ति होस् वा सर्वसाधारण , भ्रष्टाचराजस्तो राज्यविरुद्धको जघन्य अपराधबाट उम्कन सक्दैन । र, प्रतिपक्षबाट जती पनि सामाजिक सञ्जालमार्फत मलाई आक्रमण गरि आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालात्रीन चरित्र हो,’ उनले भनेका छन् ।

त्यस्तै उनले उक्त मुद्धा कमजोर पार्न नदिने बताएका छन् । ‘म कसैको दबाब वा कसैको कुरा सुनेर बहकिने व्यक्ति होइन । एक सच्चा नागरिकले राज्यप्रति बहन गर्नुपर्ने जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्नुपर्ने कुरा मलाई राम्ररी थााहा छ । साथै जस्तोसुकै दुःख कष्टमा पनि बाटो नबिरार्ई आफ्नो कर्तव्यपालना गर्नेछु भन्ने विश्वास दिलाउन चाहान्छु’, मिश्रले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस