अनेरास्ववियूका युवा नेताहरुले चलाए ऐन महर प्रति गर्व छ अभियान

काठमाडौं :- पछिल्लो समय अनेरास्ववियू भित्र पुर्व माऔवादी समुहका नेताहरुले मनलाग्दी अनेरास्ववियुको झण्डा र लेटरप्याड चलाए पछी पुर्व एमाले समुहका नेताहरुले तेस्को खरो रुपमा प्रतिवाद गरेका छन् ।

उनीहरुले संयोजक ऐन महरको सहमति बिनै संघठनको झण्डा र लेटरप्याड प्रयोग गर्नु पार्टीको बिधि विपरित भएको दावी गरेका छन् ।

पार्टीमा दुवै अध्यक्षदयहरु त एक अर्काको सहमति विपरित कुनै निर्णय गर्नुहुन् यहा संघठनमा भने सहसंयोजक रंजित तामाङ आफ्नै तरिकाले संघठनको लेटरप्याड र झण्डा प्रयोग गर्दै मात्रै आएका छैनन् उनले भिन्नाभिन्नै रुपमा अनेरास्ववियुको लेटरप्याड प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओली र उहा नेतृत्वको सरकारको एकतर्फी विरोध गर्दै वक्तव्य निकाल्दै आएको संयोजक महर निकट नेताहरुको आरोप छ ।

यति मात्रै हैन उनीहरुले क. ऐन महर प्रति गर्व छ ह्याजट्यागमा सामाजिक संझालामा अभियान नै चलाएका छन् ।

उनीहरुले लेखेका छन् “जतिखेर अनेरास्ववियुको कार्यकर्ता हो भन्दै गर्दा क्याम्पस मा निषेध गरिन्थ्यो! आक्रमण गरिन्थो! ज्यु ज्यानको सुरक्षा थिएन! हो त्यति बेला नेविसंघ को गुन्डागर्दी र पुर्ब माओवादीको जंगली प्रवृत्ति विरुद्ध टाउकोमा कफन बाधेर काठमाडौको अधिकांश क्याम्पसमा छिरेर संगठन मजबुद बनाउने काम गर्नु भयो! हामिलाई आड्भरोसा उत्साह प्रेरणा अनि संगठन लाई जोगाउनु पर्छ भनेर सिकाउनु भयो! तपाईं पर्ती आभारी छु प्रिय काम्रेड तत्कालीन नेकपा एमाले खुम्चिएको बेलामा प्रतिस्पर्धि कम्युनिस्ट भन्ने बित्तिकै खोजी खोजी खुट्टा काट्ने काम तत्कालीन माओबादिले गर्दै गर्दा अनेरास्ववियु र एमालेको रक्षाकबज भयर अभिनु भयो! पार्टी जोगाउने शिलशिलामा आफ्नो नायकत्व लाई प्रमाणित गर्नुभयो! जस्तोसुकै बेलामा पनि संगठन बिस्तार गर्नु भयो अराजक हरु लाई सबक सिकाउनै पर्ने थियो सिकाउनु भयो तपाईं पर्ती इतिहास ,सिङ्गो संगठन र आम कार्यकर्ता आभारी रहनेछन । अगाडी बढनुस संगठनलाई माया गर्ने सम्पुर्ण विद्यार्थी हरु तपाइको साथमा छन ।”

प्रतिक्रिया दिनुहोस