ओमनमा मृतक डोजर अपरेटरलाइ पनि अपरेटर भिजन कर्पोरेशनको सहयोग

काठमाडौ – सम्पुर्ण नेपाली डोजर चालक (अपरेटरहरु)ले आफ्नो हक अधिकार र बिपत्तिमा एक अर्कालाइ सहयोग गर्ने उदेश्यले अपरेटर भिजन कर्पोरेसन नेपाल नामक संस्था संचालन गर्दै आइ रहेको छ्न। सोही संस्थाको नेतृत्व गर्दै बहराइनबाट एक्साभेटर अपरेटर्स तथा समाजसेवी श्री रेवती श्रेष्ठ लगाएत नेपाली साथीहरूले ३२हजार २सय र वमन बाट श्री सुन्दर तमाङ र पदम तामाङ लगाएत नेपाली साथीहरूले १ लाख १९ हजार रुपैयाँ बहराइन र वमनमा कार्यरत अपरेटरहरु संग१ लाख ५१ हजार रुपैयाँ संकलन गरि मृतक अपरेटरका श्रीमती शिव दुलारी देवी धोवीलाई हस्तान्तरण गरेका छ्न।
बसुन्धाराको निशान मेनपावर बाट अलहसाइन (ALHASSANIN MANMA BAHARIN) कम्पनीमा एक्सावेटर अपरेटरको भिषामा १लाख २० हजार तिरेर २०७३ चैत ६ गते बहराइन पुगेको पर्सा गाउँ पालिका- ३ जिनरवा सर्लाहीको २९ वर्षीय नागेन्द्र वैठा धोवीको २०७७ वैशाख १६ गते ओमनमा एक्सावेटर चलाउदै गर्दा ढुङाको पहाड खसेर घटनास्थलमै मृत्यु भएको थियो। रातको समय र जोखिम ठाउमा भएकोले पाकिस्तानी लाई हटाएर नेपाली अपरेटर धोवीलाइ चलाउन कर गरेको थियो।
मृतक धोवीलाई बहराइन बाट कम्पनिले २०७५ चैत मा ओमन लगेको थियो। एक वर्ष एक महिना वमनमा काम गरिसकेको धोवी बिदेश गएको ३७ महिनामा मा पनि नेपाल फर्कन पाएका थिएनन। धोवीको ३,५ र ८ वर्षको दुई छोरी एक छोरा छ्न। धोवी कार्यारत कम्पनिको सम्पुर्ण अपरेटरहरुले उचित क्षतिपूर्तिको माग सहित दबाब दिएपछि कम्पनिले क्षतिपूर्ति स्वरुप ७००० वमनी रियल (२१ लाख ७५ हजार ३ सय १९रुपैया) पठाएको भएता पनि नेपाली दूतावासले ६००० वमनी रियल (१८ लाख ६४ हजार ५ सय ५९ रुपैया ) मात्रै पीडित परिवारलाई उपलब्ध हुने बताएको छ लकडाउनको कारण  जिल्ला    प्रशासन कार्यलय सर्लााही आइसकेको भनिएको उक्त क्षतिपूर्ति पीडित परिवार समक्ष भने  पुुुग्नसकेको छैन।       नेपाल सरकारले वैदेशिक बिमा बाट कुनै रकम उपलब्ध गर्न नसक्ने बताएको भन्दै परिवार श्रोतले अपरेटर भिजन कर्पोरेसन नेपालको अध्यक्ष टिबी विश्वकर्मा हिमाल संग गुनासो पोखेको छ्न।

प्रतिक्रिया दिनुहोस