डिउटीमा खटिएका नेपाली सेनाका जवानद्धारा गोली हानी आत्महत्या

काठमाडौँ :- नेपाली सेनाका एक जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

आइतबार बिहान २:४५ बजे सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा रहेका एक जवानले आफ्नै राइफल प्रयोग गरी आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।

नेपाली सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सो घटना सम्वन्धि निज जवानको नजिकको नातेदारलाई जानकारी गराइ सकिएको छ । नेपाली सेनाको स्थायी कार्यविधि बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाईएको र सो घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएको समेत जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस