डोजर चालकले पाएनन् पारिश्रमिक, ठेकेदारलाई फोन गर्दा उठ्दैन फोन

काठमाडौ :-  चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा न २ दैलेख घर भएका डोजर चालक लक्ष्मी प्रसाद कडेलको चार महिनाको पारिश्रमिक सम्पुर्ण निर्मण सेवाको संचालक गोपाल सिं गिरीले नदिएका हुन। बा२क २४९० नम्बरको jcb 205 Lc एक्सावेटर (खड्क कृष्ण द क्यारावन देवी) कन्ट्रक्सनलाई वसन्तपुर रिङरोड परियोजना टेन्डर परेको थियो। जस्मा सम्पुर्ण निर्माण सेवाको मालिक गोपाल सिं गिरिले ठेक्का लिएर काम गरएका थिए।

कार्तिक देखि फागुन सम्म तेह्रथुम जिल्ला बसन्तपुर नगरपालिका वडा न ९ काँडेमा अपरेटरले काम गरेको इन्जिनियर केशब कट्टेल समेत बताउनु भयो। लामो समय डोजर चलाउन लगाएर आफुले काम गरेको पारिश्रमिक नदिएको अपरेटरले बताएका छ्न। ज्याला मजदुरी गरेरनै घर खर्च चलाउने अपरेटर आफ्नो काम गरेको हिसाब नपाउदा समस्यामा परेका छ्न।

आफुले काम गरेको ज्याला पाउ भनी पटक पटन अनुरोध गर्दा गाली गलौज र धम्की दिदै आफुलाई कुनै वास्ता नगरेको र अहिले फोन समेत उठाउन छोडेको पिडित अपरेटरले बताएका छ्न । आफ्नो पारिश्रमिक बारे बोलिदिन संबंधित निकाय र अपरेटर संबद्ध संघ संस्था र संचार जगतसंग हार गुहार गरिरहेको छन। डोजर चालक कडेल अपरेटर भिजन कर्पोरेसन नेपाल जिल्ला शाखा दैलेखको सदस्य समेत हुन

प्रतिक्रिया दिनुहोस