युवा ब्यवसायी आचार्यद्धारा जन्मदिनको अवसरमा खाद्यान्न सहयाेग

दाङ :-  तुलसीपुरका ब्यवसायी एबंम सञ्चारकर्मी दाेर्ण आचार्यले आफ्नो जन्मदिनको अवसरमा दाङ तुलसीपुर उपमहानगरपालिका-०३ बल्लेकी एक प्यारालाईसिस भएकी  बिरामीलाई खाद्यान्न सामाग्री बितरण गरेका छन । बिगत २ बर्ष देखि प्यारालाईसिस राेग बाट ग्रसित तुलसीपुर उपमहानगरपालिका-०३ निवासी  लक्ष्मी बुढालाई सञ्चारकर्मी आचार्यले ५० केजि चामल, नुन तेल, साबुन लगाएतका खाद्यान्न सामाग्री सहयाेग गरेका हुन ।

साथै जन्मदिनकाे अवसरमा उत्त क्षेत्रका स्थानियहरुलाई काेराेना महामारी बाट जाेगिन २०० वटा माक्स समेत बितरण गरिएकाे थियाे । पछिल्लो समय जन्मदिनको अवसरमा बेफाल्थु होटलहरूमा खर्च गर्ने परिपाटी छ, तर मैले सबैलाई सन्देश दिन बिरामीलाई खाद्यान्न सामाग्री वितरण गर्दै जन्मदिन मनाएकाे हु’, उनले भने । आचार्यले जन्मदिनमा खर्चिने रकमले त्यँहा सहयाेग गरेकाे बताए ।

खाद्यान्न सामाग्री बितरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं ३ का वडा सदस्य गाेबिन्द अधिकारी,डेलि न्युँज बैक डटकमकाे हाेल टिम, समाजसेवी तथा पत्रकारहरुको सहभागिता रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस