नेपाललाई ३०० बिजुली बस उपलब्ध गराउन चीन इच्छुक, ४१ कम्पनीले पठाए सरकारलाई प्रस्ताव

काठमाडौं :- नेपाल सरकारले विद्युतीय बस खरिद गर्ने घोषणा गरेपछि चिनियाँ कम्पनीहरुले यसमा चासो देखाएका छन्।

सिन्ह्वाका अनुसार नेपाल सरकारले काठमाडौं उपत्यकामा संचालन गर्न ३०० वटा विद्युतीय बस खरिद गर्ने भनेपछि चिनियाँ कम्पनीहरुले यसबारेमा आफ्नो प्रस्ताव पठाएका छन्।

हालसम्म विद्युतीय गाडी निर्माण गर्ने बिभिन्न मुलुकका ४१ वटा कम्पनीहरुले सरकारलाई आफ्नो योजना बुझाएका छन्। यी मध्ये ८० प्रतिशत कम्पनी चिनियाँ छन्।

यातायात व्यवस्था विभागका उपसचिव शंकरसिंह धामीले भने ‘चीन विद्युतीय गाडीमा अगाडि छ। त्यसैले नेपाललाई विद्युतीय गाडी उपलब्ध गराउन चिनियाँ कम्पनीहरु धेरै देखिनु स्वभाविक हो।’

गत पुस महिनामा सरकारले काठमाडौं उपत्यकामा चलाउन ३०० वटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस