पुजारीको हत्यामा ‘समाजवादी’को संलग्नता

काठमाडौं :- रौतहटको नारायण न.पा.–२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गत साता भएको हत्यामा संलग्न व्यक्तिहरूको पक्राउ गर्नेतर्फ सरकारले कुनै तत्परता लिएको छैन ।

नेपालमा जातीय एवम् क्षेत्रिय भड्काउ पैदा गर्दै नेपालीहरूको सनातन धर्म–संस्कृतिविरुद्ध विशेष रूपमा सक्रिय रहेका बाबुराम भट्टराईसम्बद्ध समाजवादी पार्टीको वडाध्यक्षको योजनामा पुजारीको हत्या भएको रौतहटका स्थानीय वासिन्दाबीच चर्चा चलिरहेको छ ।
पुजारीको हत्या समाजवादी पार्टीको तर्फवाट वडाध्यक्ष रहेका नरुल्लाह नामक व्यक्तिको इसारामा भएको र यस घटनामा बालकृष्ण पटेल, रामप्रवेश पटेल र राम नरेश पटेल नामक व्यक्तिहरूलाई प्रयोग गरिएको विश्वास स्थानीय वासिन्दाले गरेका छन् ।

उल्लिखित सबै व्यक्ति यतिबेला फरार रहेका र भारतको गहैयबराका संजय सिंह भनिने पिण्टु सिंहको घरमा लुकेर बसिरहेको जानकारी प्राप्त हुन आएको छ ।
समाचारअनुसार फरार व्यक्तिहरूका बारेमा नेपाल र भारतका प्रहरीले सुराक पाइसकेका छन् । नेपालले भारतीय प्रहरीसँग समन्वय गरी पक्राउ गर्नेतर्फ हालसम्म कुनै तत्परता लिएको जानकारी मिलेको छैन ।

प्रतिक्रिया दिनुहोस