काठमाडौं :- प्रदेश न.२ मा करिब २०० जना कोरोना संक्रमीत रोगी सम्पर्क बिहिन हुनुको कारण हाम्रो समाजमा कोरोना संक्रमीत ब्याक्ती लाई गलत दृष्टिले हेर्ने गरिन्छ ।
हामीले यसै विषयमा कुरा गर्न अनेरास्ववियूका युवा नेता आदर्श मंडललाई प्रश्न तेर्साएका छौँ
नेता मंडल भन्छन्, समय छदै नियन्त्रणका लागि उचित प्रयास नगरिएकाले स्थीति भयावह बन्दैगएको र कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको दावी गरे । कोरोना संक्रमण नदेखिदासम्म अनुगमनमा दिनरात कुद्ने मुख्यमन्त्री मो.लालबाबु राउत अहिले सदनमा समेत देखापर्न छाडेको बताए ।
पत्रकार अबिसेक डाँगीसँग कुरागर्दै नेता मंडलले प्रदेश सरकार कोरानाले पारेको प्रभावलाई कम गर्न भन्दा पनि असारे कार्यक्रमका नाममा अनावश्यक बजेट खर्चगर्न तर्फ लागेको आरोप लगाए । उनले यस्तो अवस्थामा पनि कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने मै प्रदेश र स्थानीय तह देखिएकाले कोरोना नियन्त्रणका नाममा प्रदेशभित्र नवसामन्तवादीहरुको जन्म भएको दावी गरे।
मंडलले भने,‘प्रदेश सरकार जहाँ कमाउन सकिन्छ त्यही ठाउँका स्थानीय तहहरुमा पैसा पठाइरहेको छ । कोरोनाका लागि पठाउँदैन । समय छदै नियन्त्रण गर्न सकिने थियो । मुख्यमन्त्री सदनमा समेत जान छोड्नुभयो । जतिबेला कोरोना फैलिएको थिएन त्यो बेला ताम झाम भयो । क्वारेन्टिन राम्रा छैन । मुख्यमन्त्री काहाँ छन् खोज्नुपर्छ ।
हामी युवले कोरोना नियन्त्रणका लागि सधै प्रदेश सरकारलाई सघाउँदै आएपनि सरकारले सार्वजनिक महत्वको प्रस्तावलाई समेत लत्याउँदै आफै डाक्टर बन्दै हिडिरहेको उनको भनाइछ । मंडलले विश्वस्वास्थय संगठनले भनेको गर्न नसके पनि स्थानीय मान्यता र स्रोत अनुसारको पनि क्वारेनन्टिन र आइसोलेसनहरु नहुँदा संक्रमण दर बढिरहेको दावी गरे ।
कोरोना बढनुको कारण ?
प्रदेश न.२ मा कोरोना फैलनुको कारण मैले बुझेको र पत्ता लगाएको अनुसार यसरी फैलिदै छ्न कोरोना भाइरस । कुनै ब्याक्ती कोरोना चेकजाँच गराउने गयो भने उसको नतिजा चार दिन पछि थाहा हुन्छ । अनि तहिले सम्म त कोरोना संक्रमीत ब्याक्ती कयौं जना सङ भेटघाट गरि सकेको हुन्छ ।किनभने कुनै ब्याक्ती अहिले बिरामी भयो भने उसले यदि कोरोना चेकजाँच गराउने गयो भने अहिलेको समयमा ३ जना त पक्का एउटा मोटरसाइकलमा बसेर जानै पर्छ किनभने एक जना बाइक हाक्ने अनि बीचमा बिरामी बस्ने र लास्टमा एकजना बिरामी लाई समातेर अस्पताल जाने अनि कोरोना चेकजाँच गराउने अनि त्यसपछि पुन त्यो बिरामी फेरि घर फर्किने गर्छ । बिरामी त घरमै बसेका हुन्छन् तर जुन मान्छेले बिरामी लिएर उपचार गराउने गएको हुन्छ त्यो ब्याक्ती त सबै ठाउँमा घुम्ने गर्छन् ।
यो अनुसारले कोरोना दिनप्रतिदिन बददै छ्न ।
कोरोना नियन्त्रण गर्ने उपाय :-
मेरो विचारमा कोरोना नियन्त्रण गर्ने विकल्पहरु यी हुन् :-
१. कोरोना चेकजाँच कम्तीमा १२ घन्टा भित्रमा गरियोस् ।
२. कुनै ब्याक्ती यदि बिरामी भएको छ्न भने आफ्नो स्थानीय तहमा जानकारी गराउदा उसको लागि एम्बुलेन्सको बेबस्ता गराउनु पर्छ ।
३.कोरोना चेकजाँच गराउने गएको ब्याक्तीमा जब सम्म उसको नतिजा निगेटीब न आए सम्म घरमा न फर्काओस ।