अनेरास्ववियू दाङद्वारा तुलसीपुरका प्रमुख शैक्षिक संस्थामा अनुगमन

दाङ :- अनेरास्ववियू दाङले तुलसीपुरमा रेहेका प्रमुख शैक्षिक संस्थामा अनुगमन गरेको छ। अनेरास्ववियू दाङका सह संयोजक सर्जन परियारको अगुवाइमा पब्लिक ज्ञान ज्योति,गोरखा ,हिमाल एकेडेमी लगायतका शैक्षिक संस्थाहरुमा अनुगमन गर्ने क्रममा कक्षा ११ मा प्रि -रजिस्ट्रेसनको नाममा विद्यार्थीहरु संग १५०००/- देखि २००००/- सम्म असुली गरेको र विद्यार्थी तथा अभिभावक हरुलाई मानसिक तनाब भएको, कतिपय शैक्षिक संस्था ले परा भर्ना गरिसकेको अनेरास्ववियूका नेता गोविन्द वस्नेतले जानकारी गराएका छन।
उक्त विषयमा शिक्षा समिति तुलसीपुरले पनि शुल्क नलिन अनुरोध गर्दा पनि शैक्षिक संस्थाहरुले शुल्ल लिइएको र जिम्मेवार निकाय मोैन वस्नु र कुनै विकल्प दिन नसक्नुले अराजकता पैदा गरेको कुरा सह संयोजक सर्जन परियारले बताउनु भएको छ। कोरोनाको यो महासंकटमा विद्यार्थी तथा अभिभावक हरुलाई कुनै समस्या वा तनाव नदिन अाग्रह गर्नुको साथै सरकारले गम्भीर भएर निगरानी गर्न अनेरास्ववियू दाङले समेत अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस