बलिउड अभिनेता सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’ : घाँटीमा मिल्यो ३३ सेमी लामो निशान (रिपोर्टसहित)

काठमाडौं :- बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको आत्महत्या केस झनै लम्बिँदै गईरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तको ओटोप्सी (पोस्टमार्टम) रिपोर्ट सार्वजनिक भएको छ।

रिपोर्टका अनुसार सुशान्तको घाँटीमा ३३ सेन्टीमिटर लामो लिगेचर मार्क फेला परेको छ । अर्थात् गहीरो निशान भेटिएको हो ।

यस रिपोर्टमा सुशान्तका पिताका वकीलल विकास सिंहले सवाल खडा गरेका छन् । मृत्युको बेला भनिएका सबै कुराहरु पोस्टमार्ट रिपोर्टमा नभएको उनले बताएका छन् ।

अभिनेता सुशान्तले १४ जूनको राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

यस्तो छ रिपोर्ट

प्रतिक्रिया दिनुहोस