तिजमा कोरोनाको कस्तो प्रभाव ?

कोरोनाका कारण यस वर्ष तिजलाई तामझाम संग मनाइएन । गत वर्ष आजको दिन बिभिन्न तिज बिशेष कार्यक्रमहरु गरि नाचगान गरेर मनाइएको थियो । खास तिज नेपाली हिन्दु नारीको माहान् पर्वको रुपमा लिने गरिन्छ । यस दिन निरहार ब्रत बसे आफुले सोचे जस्तो वर मिल्ने कथन छ ।

सोही अनूरुप पनि आजको दिनमा बिशेष गरि अबिबाहितहरु राम्रो वर पाउनकालागी ब्रत बस्ने गर्दछन् भने बिबाहितहरु आफ्नो परिवार एवं श्रीमानको लामो आयुको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।  यस वर्ष सरकारले अनावश्यक भिडभाड नगर्न, मठ मन्दिरमा भेला नहुन भनी निर्देशन दिएको छ ।
कोरोनाका कारण यस वर्षको तिज रमाइलो नभएको तुलसीपुर उपमहानगरपालीका ०२ बालापुर कि जागृति भण्डारी बताउनु हुन्छ ।

गत वर्षको तिजलाई स्मरण गर्दै दिदीबहीनीहरु संग भेटघाट गरेर रमाइलो गर्न नपाएपनि परिवार संगै दुख सुख साटासाट गर्दै ब्रत बसि पुजाआजा गरेर तिजलाई मनाएको उहाँ बाताउनुहुन्छ ।

साथीहरु भेटघाट गर्दै रमाइलो गर्दाको पोहोरको तिजलाई सम्झदै यस वर्ष भने त्यस्तो आफुले सोचेको अनुरुप नभएको र झन् यसपाली कोरोनाले गर्दा सामाजिक दुरी , भिडाभाड हुने ठाउँमा झन् जोखिम हुने गरेका कारण तिज आए पनि त्यत्ति रमाइलो नभएको रेडियो हापुरेमा कार्यरत संचारकर्मी सुरक्षा चौधरी बताउनु हुन्छ ।

अहिले रोजगारको सिलसिला होस् या पढाईको सिलसिला थुप्रै नेपाली महिला दिदिबहिनीहरु प्रबासमा रहदै आउनु भएको छ । आज तिजको दिन नेपालमा कोरोना हुदैन थ्यो त धुमधाम संग मनाइन्थ्यो । नेपालमा तिजको अवसरमा सार्वजनीक बिदा समेत दिने गरिन्छ तर नेपाली दिदिबहीनीहरु जो प्रवासमा रहदै आउनु भएको छ , उहाँहरु भने ड्युटीमै खटिनु परेको र यस्तो पर्वहरु आउदा आफ्नो भुमिको धेरै याद आउने नेपालमा काठमाडौको सितापाइला घर भै बिगत पाँच महिना यता बिद्यार्थी भिसामा कोरीयामा रहदै आउनु भएकी बीमला बानीयाँ बताउनुहुन्छ ।

यसपाली साच्चै नै कोरोनाका कारण हरेक चाडबाडहरु चाडवाड जस्तै नै भएका छैनन् ।  आममा अहिले एक खालको त्रासको अवस्था सिर्जना भएको छ । यस्तै भलिबल पूर्व खेलाडी निलम बज्राचार्यलाई पनि यस वर्षको तिज आएकै जस्तो लागेको छैन ।
गत वर्षको तिजमा पूर्व अन्तराष्ट्रिय महिला भलिबल फाउन्डेशन मार्फत तिज बिशेष कार्यक्रम गरेर मनाइएको भए पनि यस वर्ष भने कोरोनाको कारणले कुनै पनि कार्यक्रमहरु गर्न नपाउदा दुख लागेको भएपनि यसपालि सामान्य तरिकालेे परिवार  संग मनाएको र साथीहरु, दिदीबहीनीहरु संग बिभिन्न सामाजिक संजाल मार्फत शुभकामना आदान प्रदान भैरहेको उहाँ बताउनुहुन्छ ।

यस वर्षको तिजमा रमाइलो गर्न नपाइएपनि छिट्टै कोरोनाको अन्त्य भई पुनः साथीसंगीहरु बिच भेटघाट गर्दै रमाइलो गर्ने मनभरि आशा संगालेर परिवार संगै सुरक्षित तरिकाले रहि नेपाली नारीहरुले यो वर्षको तिज मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस