पारिश्रमिक नपाएर डोजर अपरेटर घर्नामा

 पारिश्रमिक नपाएका अपरेटर (आर पी गौतम)

काठमाडौ – सिन्धुपाल्चोकको गौरी पार्वती कन्ट्रक्सनलाई परेको ठेक्कामा अर्याल बर्दर्स एन्ड कन्ट्रक्सनले ओखलढुंगा रामपुर सडक कालोपत्रे योजनाको काम गरेको थियो। अर्याल ब्रदर्स एन्ड कन्ट्रक्सनको मालिक श्याम अर्यालले अल्विना ट्रेडस् प्रा.ली ओखलढुंगाको एक्सावेटरलाइ भाडामा लिएर एक्सावेटर अपरेटर राम प्रसाद गौतमा(आर पी गौतम) लाई मंसिर २३ गते देखि चैत १० गते सम्म काममा लगाएको थिए। गौतमले आफुले काम गरेको १लाख २८ हजार ३ सय ८७ रुपैयाँ पारिश्रमिक पाउ भनी पटक पटन अनुरोध गर्दा गाली  गलौज गर्दै आफुलाइ ब्यवास्ता गरेको र अहिले फोन समेत उठाउन छोडेको बताएका छ्न। काठमाडौ नेपालटार , सर्लाही बाग्मती , बसन्तपुर र चितवनमा समेत घर भएका अर्यालले डोजर चलाएको पारिश्रमिक नदिए पछि अपरेटर गौतमले  आफ्नो पारिश्रमिक बारे बोलिदिन संबंधित निकाय र अपरेटर संबद्ध संघ संस्था र संचार जगतसंग हार गुहार गरिरहेको छन। डोजर चालक गौतमले स्काभेटरमा ताला लगाइ धर्ना हालेरर आफ्नो पारिश्रमिक को माग गरिरहेको छ्न। गौतम अपरेटर भिजन कर्पोरेसन नेपाल जिल्ला शाखा ओखलढुंगाको प्रस्तावित संयोजन समेत हुन।

प्रतिक्रिया दिनुहोस