नेपालको राष्ट्रिय जनआकांक्षा पुरा गर्न सम्भव छ: नेता चन्द्र भुषण साह

काठमाडौं :- नेपाल जस्तो मुलुकमा जातिय मुक्ति बिना वर्गीय मुक्ति सम्भव छैन तर केवल जातिय मुक्ति मात्रले पनि सबैखाले वर्गीय समस्याको समुल नष्ट गरी वर्ग विहिनताको स्थिति सृजना गर्न असम्भव छ । मतलब जातिय मुक्ति प्रधान विषय हो तर केवल जातिय मुक्ति मात्र पनि सर्वोपरि हैन । तसर्थ, मुलकमा विद्यमान सबैखाले विभेदहरुको अन्त्य गर्दै समाजवादको संस्थागत विकास गर्नका लागी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण नै आजको तपाई-हाम्रो प्रमुख दायित्व/अभिभरा हो ।

सबै जात, लिङ्ग, धर्म, भाषा, संस्कृति, वर्ग एवं समुदायको सम्मान, सह-अस्तित्व, सद्भाव, एकता र उत्साहबाट नै मुलुकमा शान्ति, सुव्यवस्था, स्थिरता, सुशासन र दिगो विकास सहितको सुखी नेपाली एवं समुन्नत नेपाल निर्माणको हाम्रो राष्ट्रिय जनआकांक्षा पुरा गर्न सम्भव छ ।

प्रतिक्रिया दिनुहोस