जन्मदिनमा कोरोना सर्तकता अभियान

तुलसीपुरका व्यवसायी ऋषिराज भण्डारीले ४१औं जन्मदिनको अवसर पारी कोभिड–१९ सचेतनामूलक र रक्तदान कार्यक्रम गर्नु भएको छ ।
तुलसीपुरमा आज बिहिबार बिहान कार्यक्रमको आयोजना गरि बजार क्षेत्रका बिभिन्न स्थानमा १५ वटा फल्यास बोर्डहरु राखिएका छन् ।

बजार क्षेत्रमा मानिसहरुको बढि भिडभाड र आजतजावात हुने स्थानमा सचेतनामुलक ती फल्यास बोर्डहरु राखिएका भण्डारीले जानकारी दिनुभयो ।

फल्यास बोर्डमा, तपाई मास्क खोइ भनेर प्रश्न गरिएको छ ? त्यस्तै व्यवसायी एवं जनसमुदायमा अनुरोध भनि लेखिएको सचेतनामुलक फल्यास बोर्डमा, लकडाउन खुलेको हो,कोरोना सकिएको हैन, भिडभाड नगरौ भौतिक दुरी कायम गरौ, अनिवार्य रुपमा मास्कको प्रयोग गरौ ।
नगद कारोबार गर्दा संक्रमण सर्ने सम्भावना बढि भएकाले पंजाको प्रयोग गरौ , सर्तक बनौ । स्यानिटाईजर प्रयोग गरौ र बिच बिचमा साबुन पानीले मिचिमिचि हात धोऔ , लगायतका सात वटा विभिन्न स्वस्थ्य सचेतनामुलक नाराहरु लेखिएका छन् ।

सोहि अवसरमा ११ जनाले रक्तदान गरेका थिए । भण्डारीले यो रक्तदान समेत गरि १८ औ पटक रक्तदान गर्नु भएको हो । कार्यक्रममा प्रजातान्त्रिक उद्योग व्यापार संंघका अध्यक्ष जनक प्रसाद खराल ,तुलसीपुर च्याम्बर्स अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ति लगायतले जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

त्यस अवसरमा भण्डारीले संचारकर्मी,व्यवासायी,सुरक्षाकर्मी लगायतलाई स्वास्थ्य सामाग्री वितरण गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण भण्डारीका भाई एवं पत्रकार अमर क्षितिज भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस