झण्डा जालाउनु एम.एन.ओको बिधी बिधानमा पर्दैन : मुल सचिब थमन बुढा मगर

डिजिटल पल्याटफर्म युटुबमा एक गित आयो र जुन गित अहिले निकै विवादीत बन्न पुगेको छ । त्यस गितमा बिभिन्न जातियताका कुराहरु आएका छन् । जस्ले गर्दा नेपालीहरुमा ठुलो चोट पुग्न गएको छ । उक्त गित र्याप जनरामा तयार पारिएकोे छ ।

गित बिवादीत बन्नुको एउटा प्रमुख कारण त्यसमा प्रयोग गरिएका शव्दहरुले ब्रमण जातीहरु तथा अन्य जातीको आत्म सम्मानमा ठेश पुगेको छ । र अर्को नेपाली झण्डालाई जलाइएको छ । अहिले यो बिषय निकै चर्चामा छ । सामाजीक संजालमा बिभिन्न व्यक्तिले यस बारेमा बिभिन्न तर्क विर्तक राख्दै आएका छन् ।

कतिपयले भने यस गितलाई मंगोल नेशनल अर्गनाईजेशन एमएनओ सँग जोडेका छन् । तर वास्तबीकता अर्कै छ । मंगोल नेशनल अर्गनाईजेशन सँग जोड्नुको कारण भिडियो सुरुवातीमा एमएनओ संस्थापक डा.गोपाल गुरुङको केहि भनाईहरु राखिएको छ । तर यो हैन कि यो गितमा मंगोल नेशनल अर्गनाईजेशनको सहमति छ ।

गितका र्सजक तथा गायक रोजीत तामाङ मंगोल नेशनल अर्गनाजेशनका सदस्य रहे पनि गएको अगष्ट १० मा संगठन बाट बाहिरीएको बुझीएको छ ।

मंगोल नेशनल अर्गनाईजेशको बिधि बिधानमा यस्ता खालका कसैमाथी ठेश पुर्याउने कार्यमा सर्मथन नरहेको र यस गितमा जसरी झण्डा जालईएको छ ,यस प्रकारका कार्यमा नरही शान्तिपूर्ण तरीकाले आफुहरुले कार्यक्रम अघि बढाईरहेको र कसैको पनि मर्यादा बिपरीत काम गर्न नहुने मंगोल नेशनल अर्गनाईजेशन ५ नम्बर प्रदेश सभा अध्यक्ष दिपक थापा मगरले बताउनु भयो ।

गितका गायक तामाङले पनि आफ्नो इच्छाले यसको खालको गितको श्रृजना गरेको र कसैले पनि संगठन संग नजोड्न सामाजिक संजालमा भिडियो लाईभ मार्फत आग्रह गरेका छन् ।

संगठनको बिधि बिधानमा यस खालको कार्यक्रम नै नरहेकाले मंगोल नेशनल अर्गनाईजेशनसंग कुनै सम्बन्ध नभएको केन्द्रिय मुल सचिब थमन बुढा मगरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस