राष्ट्रिय झण्डा जलाउने इजास लिम्बू पक्राउ

काठमाडौं :- राष्ट्रिय झण्डा जलाउने युवक पक्राउ परेका छन् । राष्ट्रिय झण्डा जलाएर त्यसलाई भिडियो बनाएर सार्वजनिक गर्ने इजास लिम्बु पक्राउ परेका हुन् ।

लिम्बुलाई काठमाडौं पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका लिम्बू क्यामेरा पर्सन रहेको समेत खुलेको छ ।

लिम्बूसहितको समूहले देशद्रोही नामको म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य राखेर त्यसलाई सार्वजनिक गरेका थिए । भिडियोका गायक गेल्जङ दोर्जे तामाङ लगायतको खोजी जारी रहेको महाशाखाले जनाएको छ ।

मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।

युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।

राप्रपा सांसद राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’

प्रतिक्रिया दिनुहोस