जंगली च्याउ खादाँ दुई जनाको मृत्यु

प्यूठान । प्यूठानमा जंगली च्याउको तरकारी खाएका दाजुभाइको ज्यान गएको छ । बुबाआमा र अर्का छोरा बिरामी परेका छन् ।

नौबहिनी गाउँपालिका ६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका छोराहरु १३ वर्षका सुगम र १५ वर्षका सुरेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका विष्णुसहित उहाँकी ३० वर्षकी श्रीमती लीला र १७ वर्षका छोरा शशीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

बिरामीको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस