मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका – ७ का २६ वर्षीय सुरजनारायण चौधरी र  २७ वर्षीय मनोज चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार दुवैजना लु ५७ प ११०० नम्बरको एउटै मोटरसाइकलमा सवार थिए ।

गएराति ११ बजे लमहीदेखि गढवा जाँदै गर्दा उनीहरु सवार मोटरसाइकल बलामपुर नजिक सानो राप्ती नदीको पुलमा ठोक्किएर नदीमा खसेको थपलियाले बताए ।

उनीहरु दुवैको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस