धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ :- भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ स् २९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’ तर उनले कुन फर्म्याटबाट सन्यास लिएको हो भन्ने कुरा भने खुलाएका छैनन् । भारतीय सञ्चारमाध्यमहरुले भने धोनीले सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जनाएका छन् ।

उनले आफ्‍नो करियरको विभिन्‍न आरोह(अवरोहलाई ुमैं पल दो पलका शायर हूुं गीतसहितको भिडियो बनाएर सेयर गरेका छन् ।

भारतीय क्रिकेटमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप, सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो । धोनीले अन्तिम पटक सन् २०१९ को विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्धको खेल खेलेका थिए । जुन खेल भारतले हारेको थियो ।

धोनीले टेस्ट क्रिकेटबाट भने सन् २०१५ को सुरुवातमै सन्यासको घोषणा गरेका थिए । धोनीले सन् २००४ मा भारतीय टिममा डेब्यु गरेका थिए । डेब्यु गरेको ३ वर्षमै उनलाई ट्वान्टी–२० टिमको कप्तानी दिइएको थियो ।

त्यस्तै इन्डियन प्रिमियर लिगमा पनि धोनीले चेन्नई सुपर किंग्सलाई तीन पटक उपाधि दिलाएका छन् ।

धोनीले भारतीय टिमबाट ३ सय ५० एकदिवसीय म्याच खेलेका छन् जसमा उनले ५० को औसतले १० हजार ७ सय ७३ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा धोनीले १० शतक र ७३ अर्धशतक प्रहार गरेका छन् । विकेटकिपरमा रुपमा धोनीले ३ सय २१ क्याच समातेका छन् भने १ सय २३ जना खेलाडीलाई स्टम्प आउट गरेका छन् ।

त्यस्तै धोनीले ट्वान्टी–२० क्रिकेटमा धोनीले भारतबाट ९८ म्याच खेलेका छन् । उनले ट्वान्टी–२० मा एक हजार ६ सय १७ रन बनाएका छन् ।

त्यस्तै टेस्ट क्रिकेटमा धोनीले ९० खेलमा ३८ रनभन्दा बढीको औसतमा ४ हजार ८ सय ७६ रन बनाएका छन् । टेस्ट क्रिकेटमा धोनीले २ सय ५६ वटा क्याच समातेका छन् भने ३८ पटक स्टम्प आउट गराएका छन् । ब्याट्सम्यानका रुपमा उनले टेस्ट क्रिकेटमा ६ शतक र ३३ अर्धशतक प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस