को हुन् मनोज महतो ?

काठमाडौं :- म हारमा पनि जित देखिरहेको छु।अनि त म हरेक अक्लपनिय काम गर्नको लागी मैदानमा होमिनछु र सम्भबमा बदल्छु। हो त्यही कुरालाई आत्मसात गर्दै निरन्तर अगाडि बढने मान्छे हो मनोज महतो ज्यु। उहाँ समाजमा रहेको समस्या सहन नसकेर सानै उमेरमा समाज सेवा र राजनीतिमा लागेर आफ्नो स्तरबाट सामाधानमा जोड दिदै आएरहेको छ।

उहाँ जोस,जागर,उत्प्रेरणा,आत्मबल,निरंतरताको धनी ब्यक्तित्व हो। उहाँ जस्तोसुकै परिस्थितिमा पनि हार नखाइ समस्या सामाधानको लागी पहल प्रयास गरिरहने युवा हो।उहाँ संसार शिक्षित बनाउनको लागि,आफ्नो स्तरबाट परिवर्तन गर्नका निम्ति सबैले आफ्नो ठाउबाट उठ्नु पर्छ भन्ने मान्यता राखछन।

विश्वभर कोरोना भाइरसले सबैलाई घरभित्र थुनिदिएको बेला बिद्यालय क्षेत्र सुधारका निम्ति उहाँ सचेत हुदैं बिषम परिस्थितमा आफनो भाइबहिनी तथा भोलिका सन्ततिहरुको लागि “बालउधान” परियोजन निर्माण कार्यमा आफ्नो घर परिबार बाट टाढा भएर लागी पर्नु भएको छ।

उहाँ हाम्रो समाजमा रहेकोे भेदभाव,बिकृती,बिसङ्गती लगायत समाजिक समस्या सङ्ग डटेर सामना गर्ने सहासि युवा हो। परेका अप्ठ्यारो परिस्थिति सङ्ग नझुकी सामना गरिरहने वीर योद्धा हो।

प्रतिक्रिया दिनुहोस