५२ भाग पुरा गर्‍यो हास्य सिरियल ‘तितो पिरो’ले

काठमाडौं :- हास्य सिरियल ‘तितो पिरो’ले ५२ भाग पुरा गरेको छ । गत बर्षबाट सुरुवात भएको यस सिरियलले कोरोना महामारीकाबीच पनि पनि आफ्नो प्रसारणलाई निरन्तरता दिदैँ ५२ भाग पुरा गरेको हो ।

रमाइलो टेलिभिजनबाट हरेक आइतबार बेलुका ८ बजेदेखि प्रसारण हुदैँ आएको छ । दर्शकको मन जित्दै ५२ भाग पुगेको सिरियललाई अझ राम्रो बनाउने यसका निर्माता अनिश खतिवडाले बताए । उनले भने, ‘हामीले सुख दुःख गर्दै सिरियलाई ५२ भाग पुर्‍याएका छौं । ५३ भागबाट सिरियललाई समसायिक हिसावले दर्शक माझ पस्कने छौँ र आगामी दिनमा तितो पिरोलाई दर्शकले अझ मन पराइदिनु हुनेछ । ’

यस सियिलमा रामचन्द्र अधिकारी, कुमार गजुरेल, डोल्मा, भोला अधिकारी, कसिस दाहाल,राजेन्द्र गिरी (गुन्द्रुके), धर्म भण्डारी, समिर राई, आइसा राई, दावा शेर्पा, श्रीदेव आचार्य, गंगा थापा, सीता रिजाल साथै बाल कलाकार कुशलमणी गजुरेल, कृषा गजुरेलको अभिनय रहेको छ ।

कलाकार कुमार गजुरेलले भने, ‘सिरियलमा आफुले मधेसीको क्यारेक्टरमा अभिनय गरिहरेको छु । यस सिरियलमा फरक भुमिकामा देखिन पाउँदा आफुलाई निकै खुसी लागेको छ । यस सिरियलमा हिमाल पहाड तराई कोइ छैन पराई भन्ने सन्देश दिन खोजिएको छ । त्यसकारण यस सिरियलमा आफुले अभिनय गर्दा रमाइलोका साथै एकदमै उत्साहित भएको छु ।’

सिरियललाई पत्रकार तथा कलाकार भोला अधिकारी र अनिश खतिवडाले निर्देशन गर्दै आएका छन् । निर्देशक भोला अधिकारीले लकडाउन तथा कोरोना महामारीकाबीच सावधानिका साथ सिरियलको छायाँङ्कन गर्दै आएको बताए ।

सिरियलको स्कृप्टलाई धर्म भण्डारीले लेखेका छन् भने खिच्ने काम समिर राईले नै गरेका छन् । यस सिरियलको सम्पादन अनिश कै रहेको छ ।

प्रतिक्रिया दिनुहोस