उपचाररत कोराना संक्रमित जनकपुरका पूर्वमेयर गिरीको मृत्यु

काठमाडौं :- जनकपुरधाम उपमहानरपालिकाका पूर्व मेयर कृष्ण गिरीको कोरोना भाईरस संक्रमणले मृत्यु भएको छ ।

होटेल रामाका संचालक समेत रहेका मेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको परिवारजनले पुष्टि गरेको छ ।

कोरोना संक्रमण देखिएपछी करिब २० दिन देखी काठमाडौँमा उपचाररत उनको गएरति १२ बजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

गिरि लामो समय देखि मुटु लगायत अन्य दिर्घ रोगहरुबाट ग्रसित थिए । मुटुमा समस्या भएपछि उनि काठमाण्डौं उपचारको लागि गएको बेला स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनि काठमाण्डौं मै अस्पतालमा आइसोलेसनमा उपचाररत थिए ।

गिरी क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय सखुवा महेन्द्रनगरकाे अध्यक्ष तथा संस्थापक समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस