आज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौं :- आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाउँने गरिन्छ । तर, यो वर्ष भने कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी सङ्क्रमणका कारण यो दिवसमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । यो वर्ष भर्चुअल मिटिङ, वहस, कार्यक्रम मार्फत २१औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ ।

संयुक्त राष्ट्र सङघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार विश्वमा सन् २००० बाट विभिन्न देशले अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएका छन् । नेपालमा भने यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो ।

व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ ।

यस्तै आज हिले जात्रा मनाउँने दिन पनि हो । हिले जात्रा काठमाण्डौं भन्दा मोफसलका ठाँउहरुमा बढि प्रचलीत छ, नेवाः समुदायको इतिहास अनि सभ्यतासँग मूलभूत रुपमा जोडिएको यस जात्राको महत्व अनि सन्दर्भ बिशिष्ट छ । झाँकि, प्रहसन, रोपाँई अनि नाचको उत्कृष्ट समागम यस हिले जात्राको महत्व अनि तवर ठाँउ अनुसार फरक फरक रहेको पाइन्छ । मल्लकालिन समयबाट उपत्यकामा गाइजात्रा र बाहिर हिले जात्राको क्रम कहिल्यै रोकिएको थिएन, तर यसवर्ष कोभिड महामारीले भने हिले जात्राका लस्करहरु प्रभवित बनेका छन् ।

युवाहरु भनेका नविन सोचका प्रतिक हुन्। हरेक युवामा उद्यमशीलताको भावना बिकास होस् र हामी सबै युवाहरुले आफुलाइ आफ्नो कर्मक्षत्रमा उद्धारणका रूपमा प्रस्तुत गर्न सकौे।
नेपालयन खबरको तर्फबाट अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना

प्रतिक्रिया दिनुहोस