क्याम्पसमा आगजनी गर्ने कार्य स्वीकार्य हुदैन- सह संयोजक परियार (विज्ञप्ति सहित)

दाङ :- महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा मिति २०७७/०४/२५ गते अध्यापकहरुले गरेको आगजनी र तोडफोडको विषयलाई लिएर अनेरास्ववियू दाङले भत्र्सना गरेको छ अनेरास्ववियू दाङका सह संयोजक सर्जन परियारले विज्ञप्ति निकाल्दै दोषीलाई कानुन बमोजिम कार्बाहिको माग गरेको छन,
विज्ञप्तिमा लेखोएको छ-

शान्तिपूर्ण रचनात्मक आन्दोलन गर्नु र माग सम्बोधन गराउनु जायज हो तर प्राध्यापकहरु नै तोडफोड र आगजनी जस्तो कार्यमा सहभागी हुनु कुनै हालतमा मान्य हुन सक्दैन । महेन्द्र बहुमुखी क्याम्पस दाङमा विभिन्न माग राख्दै आन्दोलन गरेका अध्यापनहरुले आफ्ना माग सम्बोधन गराउने विभिन्न बाट हुदाहुदै पनी आगजनी र तोडफोड गर्नुले आम विद्यार्थी,प्राध्यापक,शिक्षा प्रेमी सबैलाई दुखित बनाएको छ। देश कोरोना संग जुधिराखेको समयमा यस्तो गलत कार्यले हाम्रो शिक्षा निति माथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। उक्त कार्यमा संलग्न जो कोहिलाई कानुनी दायरामा ल्याउन जरुरी छ। यति मात्र होईना जागीर महेन्द्र बहुमुखीमा खाने,सबै समय र ध्यान आफ्नो निजी शैक्षिक संस्थामा केन्द्रित गर्ने प्रवृत्तिको अन्त गरिनु पर्छ ।
यस्तो कार्य तत्काल बन्द गर्ने चेतावनी समेत दिईएको छ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस