सात जिल्लामा नयाँ सिडिओ

काठमाडौं :- सरकारले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ) को सरुवा गरेको छ । साउन २५ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार उक्त सरुवा गरिएको हो ।

गृहमन्त्रालयका सहसचिव उमेश बस्नेतलाई रौतहटको सिडिओ बनाइएको छ ।

सहसचिव सन्तबहादुर सुनारलाई दैलेखको सिडियो बनाइएको छ । गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारीलाई म्याग्दी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागकी उपसचिव हिरादेवी पौडेललाई मुस्ताङको सिडियो बनाइएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक सिडियो खिमलाल भुसाललाई प्युठानको सिडियो बनाएर पठाइएको छ ।

स्याङजाका सहायक सिडियो ध्रुव गिरीलाई मनाङको सिडियो बनाइएको छ । झापका सहायक सिडियो राजकुमार राईलाई पूर्वी रुकुमको सिडिओ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस