त्रिशिद्धेश्वरी मन्दिर तुलसीपुरमा साउन २५ गतेदेखि धार्मिक अनुष्ठानका कार्यक्रमहरु रोकिने

त्रिशिद्धेश्वरी मन्दिर तुलसीपुरमा साउन २५ गतेदेखि धार्मिक अनुष्ठानका कार्यक्रमहरु रोकिने भएका छन् ।

कोरोना भाईरस संक्रमण रोकथाम र ब्यबस्थापनका लागि नेपाल सरकारले सार्वजनिक स्थल,धार्मिक स्थलहरु सञ्चालन नगर्न नगराउन गरेको निर्देशनलाई पालना गर्दै भोली आईतबारदेखि पुन : बन्द गर्ने निर्णय गरिएको मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धितालले जानकारी दिनुभयो ।

कोभिड–१९ रोकथाम र ब्यबस्थापन भई पुर्बबत अबस्थामा आए पुन : नियमित रुपमा धार्मिक अनुष्ठानका कार्यक्रम जारि रहने समितिका सहसचिब निर्मल नेपालीले जानकारी दिनुभयो ।

यसअघि गत चैत ११ गते सरकारले लकडाउन गरेदेखि बन्द रहेको त्रिशिदेश्वरी मन्दीर जिल्लामा लकडाउन खुकुलो भएदेखि सामाजिक दुरीलाई कायम र मास्क लगाई पुजा पाठ गर्ने ब्यबस्था मिलाएको थियो । अव भने धार्मिक कार्य पूर्ण रुपमा रोकिने मन्दीर ब्यबस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस