सहिदको सम्मान हुनुपर्छ तर नाममा मात्र सम्मान देख्ने दृष्टिकोण गलत हो

काठमाडौं :- अनेरास्ववियू दाङका सह संयोजक सर्जन परियारले अनेरास्ववियू विद्यार्थी आन्दोलन मा केन्द्रित हुनु पर्नेमा व्यक्तिवादी तरिकाले चल्न खोज्नुले संगठनमा अराजकता निम्त्याउने र तत्काल त्यस किसिमका क्रियाकलाप नगर्न चेतावनी दिएका छन।

तुलसीपुर लमहि सडक खण्डको कृष्ण सेन इच्छुकको नाममा हुनु पर्ने माग राख्दै अनेरास्ववियू दाङका संयोजकले विज्ञप्ति निकालेपछि सह संयोजक परियारले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भनेका छन – ”नाममा के छ???? सहिदको सम्मान हुनुपर्छ तर नाममा मात्र सम्मान देख्ने दृष्टिकोण गलत हो। नाम जे सुकै हुन सक्छ! विकास निर्माण(गुणस्तरीय) समयमै सम्पन्न हुनुपर्छ भन्नु कता हो कता !! ”नाम चै मैले भनेको जस्तै हुनुपर्छ अरु सव बेकार हुन” भन्ने मानसिकता त्यागोैँ। यो बाटोको नाम,त्यो पुलको नाम …. हुनुपर्छ नत्र??? भन्ने जस्ता विषयमा संगठनको लेटर प्याडको प्रयोग गरिनुले सिंगो संगठनको गरिमा माथि प्रश्नचिह्न खडा गरेको छ।

तोकिएकाे समयमा निर्माण कार्य सम्पन्न गर,गुणस्तरीय कार्य गर,पुल बाना जस्ता माग राखी ध्यानाकर्षण गर्नु फरक कुरा हो तर ति कुरामा कुनै सरोकार नराखी नाम(……..)का केन्द्रित हुनु र अनेरास्ववियू जस्तो संगठनलाई कुनै परामर्श बिना एकल रुपमा प्रयोग गर्न खोज्नु कुनै हालतमा मान्य हुन सक्दैन ।
अनेरास्ववियू अर्थपूर्ण विषय( विद्यार्थी हकहित,राष्ट्रियता,लोकतन्त्र,न्याय…)मा बोल्नुपर्छ नकि बालहट।”

दाङ जिल्ला सभाले तुलसीपुर लमही सडक खण्डको नाम परिवर्तन गर्ने सिफारिस गरेपछि यो विषमा पक्ष र विपक्षमा बहस सृजना गरेको छ।

प्रतिक्रिया दिनुहोस