परिवर्तन चाहाने युवाहरुले काङ्ग्रेसबाट अपेक्षा गर्न नसकिने भन्दै स्याङ्जामा एकदर्जन युवा नेकपा प्रवेश

पोखरा :- स्याङ्जाको फेदीखोला गाउँपालिका दिपक थापा, लक्ष्मण अधिकारी, अभिषेक अधिकारी, सुनिल भण्डारी, सुवास अधिकारी, तेजबहादुर गुरुङ, सन्दिप गुरुङसहित १ दर्जन युवाहरू नेकपा प्रवेश गरेका हुन् । नव प्रवेसि युवाहरु नेपाली कांग्रेस सम्बद्ध भात्रि संगठनमा आबद्ध युवाहरु रहेका छन् ! युवाहरूले कांग्रेस आफ्नो समयमा भ्रष्टाचार मात्रै गर्ने र अरुलाई काम गर्न नदिइ आलोचना मात्रै गर्ने गरेको र नेकपा समृद्धिको योजनाकार भएकोले प्रवेश गरेको बताएका छन् ।उनीहरूलाई गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री तथा सहइन्चार्ज किरण गुरुङले अबिर लगाएर नेकपा प्रवेश गराएका थिए ।

नेकपा स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैरे पारसको सक्रियतामा उनीहरूलाई नेकपा प्रवेश गराइएको थियो । विगत केही महिनायता स्याङ्जामा कांग्रेस छाडेर नेकपा प्रवेश गर्नेहरूको संख्या बढेको छ ।

प्रतिक्रिया दिनुहोस