साच्चै माया सफल बनाउनु छ भने रिलेसन मा धेरै बस्नु हुदैन

काठमाडौं :- माया प्रेम उमेर अनुसार जो कोहि मा पनि हुन्छ।यसको अनुभव नगरेको सायद मानिस भेटिन्न होला।
कसैको माया सफल हुन्छ भने धेरै जसोको माया
बिछोड मा परिणत भएको पाइन्छ। यो यथार्थ कुरा नै हो भन्दा पनि फरक पर्दैन। साच्चै माया सफल बनाउनु छ भने रिलेसन मा धेरै बस्नु हुदैन। हामी यदि कसैलाइ माया गर्छौ भने रिलेसन मा भको १/२ बर्ष भित्र बिवाह गर्नुस त्यो माया सफल हुन्छ एक अर्को बिच सबै कुरा बारे जानकारी भैसकेको हुन्छ। यदि तपाईं १/२ बर्ष भन्दा पनि बढि रिलेसन मा बस्न चाहानु हुन्छ भने अबस्य पनि हजुर को माया मा एक अर्का प्रती कुरा कम हुँदै जान्छ। कारण अब उसको परिवार देखि उसको बारेमा सबै जानकारी पाइसकेको हुनेछ।अनि कुरा पनि के गर्नी सन्चै हो खाना भयो यस्तै अरु त केहि कुरा नै हुदैन सबै पहिले थाहा भैसकेको हुन्छ। अनि बोलिचाली कम हुँदै जान्छ
अनि मनमा सोचाइ आउन थाल्छ किन पहिले जस्तो धेरै समय कुरा हुदैन हामी बिचमा सायद उसले अरु सग पो कुरा गर्न थाल्यो कि या अरु सग कुरा गर्न थाली कि दुबैमा शंका उत्पन्न हुन थाल्छ। एक अर्का प्रती बिश्वास मा फाटो आउन थाल्छ। एस्तै यस्तै सोच्दा सोच्दै कुरा कानी पनि पहिले जस्तो हुदैन। बोलिरहने मान्छे बिस्तारी बिस्तारी बोल्न कम गर्दै जान्छ। अनि एकले अर्को लाई आरोप लगाउन सुरु हुन्छ। सानो तिनो कुरामा पनि झगडा हुन थाल्दछ। अनि बिस्तारै सम्बन्ध पहिले जस्तो खास लाग्न छोड्छ दुबै जनालाइ एक अर्को बानी परिवर्तन भको जस्तो लाग्छ अनि झगडा परिरहन्छ। अनि लाग्न थाल्छ यस्तो सम्बन्ध मा बस्न भन्दा अलग भएको भए राम्रो हुन्थ्यो जस्तो लाग्न थाल्छ दुबैलाइ अनि एक अर्कालाइ आरोप लगाउदै सम्बन्ध ले नया मोड लिन्छ।र बिछोड हुने सम्भावना धेरै हुन्छ त्यसैले कसैलाइ माया गर्नु हुन्छ भने रिलेसन मा बसेको १/२बर्ष भित्र नै बिवाह गर्नुस। सम्बन्ध धेरै लामो समय सम्म रिलेसन मा बस्नाले बिछोड हुन्छ।

प्रतिक्रिया दिनुहोस