अपरेटर भिजन कर्पोरेसन नेपाल जिल्ला शाखा सिन्धुलीले गर्यो पहिलो जिल्ला भेला।

काठमाडौ- केन्द्रिय अध्यक्ष टि बि विश्वकर्मा हिमाल द्वारा सुरुवात गरिएको डोजर अपरेटरहरुको हितकारी संस्था अपरेटर भिजन कर्पोरेसन नेपालले आफ्नो संगठन बिस्तार गर्ने क्रममा सबैभन्दा पहिला सिन्धुली जिल्लाबाट प्रथम पटक जिल्ला भेला भव्य रूपमा सफल पारेको छ।

मंगलबार गरिएको बिशेश भेलाले सन्तोश श्रेष्ठ लाई सर्वसम्मतअध्यक्ष चयन गरेको भेलाले उपाध्यक्षमा तदर्थ समितिकै धन बहादुर आले सचिव महेश श्रेष्ठ र दिनेश खड्का कोषाध्यक्ष भएका छ्न। अध्यक्ष श्रेष्ठले डोजर चालक हरुको हितको निमित्त कर्पोरेसन सक्रिय भएर लाग्ने बताएका छ्न।दुर्घटनामा परेकालाइ राहत घरपरिवारलाई सहयोग उपचार खर्च र बालबालिका लाई पठनपाठन गर्ने जिममा समेत लिने बताउदै सम्पूर्ण अपरेटरलाई अपरेटर भिजन कर्पोरेसनमा जोडिनु हुन अनुरोध समेत गर्नु भयो।

रोजगारदाता र डोजर अपरेटर बिचको सम्बन्ध बिग्रन नदिने बताउदै १०० जना भन्दा बढी अपरेटर्लाइ आफ्नो ज्यान जोगाएर काम गर्नु पर्ने प्रशिक्षण समेत दिनु भयो। डोजर अपरेटरहरु एकै चोटि यति धेरै एकै ठाउमा भेला भएर दुई वटा डोजरको सथामा र्‍याली समेत निकाल्दै एक अर्कालाई चिन्ने र एक आपसमा खुशी साटासाट गर्ने सौभाग्य पाएको बताउदै सबै अपरेटरहरु खुशीको साथ अबको दिनमा एक अर्कालाई साथ र सहयोग गर्दै अगाडि बढ्ने संकल्प समेत गरेका छ्न।

समसामयिक परिस्थितिमा काम लागायो लागायो अपरेटर लाई खालिहात फर्काउने र पैसा न दिने समस्या देखिएको छ। अपरेटरले महिनामा १० हजार तलब र १५० देखि २५० सम्म भत्तामा मेसिन चलाउने लगाउने गरेका र यति तलब ले जोखिम मोल्न बाध्य भए पनि परिवार खर्च पुर्याउन धौ धौ भएको बताएका छ्न। सिन्धुली जिल्लामा मात्रै ५०० जनाको हाराहारीमा दक्ष अपरेटर रहेको छन।

प्रतिक्रिया दिनुहोस