सरकारको विरुद्धमा उत्रियो तरुण दल

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोधमा तरुण दल दाङले तुलसिपुरमा विरोध प्रदर्शन गरेको छ ।
नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दलित बिद्यार्थी संघका केन्द्रित सदस्य खेमराज बि.क.,ने.वी. संघका जिल्ला सदस्य घनश्यान भण्डार, ने.वी संघका जिल्ला कोषाअध्यक्ष अरुण लहरे, ६ नम्बर प्रदेश ने.वी. संघका उपाध्यक्ष रमेश के.सी,नेपाली कङग्रेसका प्रतिनिधि श्याम रेग्मी , नेपाली कङग्रेसका नेता केशव आचार्य,गहेन्द्र गिरी , तरुण दल दाङका उपाध्यक्ष मुक्ति प्रसाद न्यौपाने लगायतका नेताहरुले आफ्नो धारणा राख्नु भएको थियो ।

नेपाली कङग्रेसका नेता केशव आचार्यले भ्रष्टचारका बिरुद्दमा तरुण दल र ने.वी.संघका कार्यकर्ताहरु उत्रिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कङग्रेसका नेता गहेन्द्र गिरीले किसानहरुले मलको लागी खेपीरहेको समस्यका बारेमा आफनो धारणा राख्नु भएको थियो ।

यस्तै सरकारले गरेको ज्याजदीका बिरुद्द गरिएको कार्यक्रमको सभापति रहनु भएका नेपाल तरुण दल दाङ का अध्यक्ष टिका घर्तिले नेपाल तरुण दल मुलुक भईंरहेको भ्रष्टचार अन्त्यका निम्ती जनताका पक्षमा सडकमा उत्रिएको बताउनु भयो ।

अरनीको मैदान बाट सुरु भएको र्याली तुलसीपुर परिक्रमा गर्दै वि.पी चोकमा आएर कोण सभा मा परिणत भएको थियो ।कार्यक्रमको सहजीकरण जिल्ला सदस्य किरण के.सी.ले गर्नु भएको थियो ।कार्यक्रममा नेपाली कङग्रेसका नेता तथा कार्यकर्ता एवं तरुणका कार्यकायर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस