नेपाल सरकारले मुर्तिया क्षेत्रको थप उत्खनन गरि विश्व स्तरमा लानुपर्छ : युव नेता चन्द्र भूषण साह

काठमाडौं :- सर्लाहीको बरहथवा नगरपालिका–९ स्थित ऐतिहाँसिक एवं धार्मिक स्थल मुक्तेश्वर धाम महादेव मन्दिरलाई युवा नेता तथा समाजसेवी चन्द्र भुषण साहलेको टोलीले अनुगमन गरेका छन् ।

अनुगमनको क्रमा राजमार्गभन्दा करीब तीन किलोमिटर भित्र घना जंगलमा रहेका मुक्तेश्वर धाममा प्राचीन कालका संरचना तथा नयाँ संरचनाहरुलाई खोज तलास गर्दै जाँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रीय पर्यटनको प्रचुर सम्भावना बोकेको मन्दिरलाई  संरक्षन गर्नुपर्नेमा  टोलीले जोर दिए । 

टोलीको अनुसार ऐतिहाँसिक एवं धार्मिक स्थल मुक्तेश्वर धाम महादेव मन्दिरलाई शिघ्र प्रविधि ड्रोन एक्सरेको प्रयोग गरेर दक्ष एवं कुशल पुरातत्वविदहरुको संलग्नतामा थप अध्ययन अनुसन्धान, अन्वेषण तथा उत्खनन कार्य गर्नुपर्नेे बताए ।

पुरातत्व विभाग, पर्यटन बोर्ड, निर्वाचित जनप्रतिनिधिहरु, समाजका अगुवा तथा समाजसेवीले गम्भीरता पूर्वक लाग्न सबैलाई अग्रह समेत गरे ।

अवलोकन क्रममा विशेष सहयोग तथा सहजिकरण गरेका भन्दै मन्दिरका अध्यक्ष राम बाहादुर महतो तथा पुजारी बाबालाई  स्थानीयबासीहरु तथा पुजारी बाबालाई पनि विशेष धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस